काठमाडौं पुस १४, राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को मिति २०७४/७/६ को बैठकबाट सिफारिस भएको राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ प्रमाणीकरण गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारीभएसैगै अव मुलुकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मार्ग प्रसस्त भएको छ ।
सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशमा उल्लेख भएको एकल संक्रमणीय प्रणालीको सट्टा बहुमतीय प्रणाली राख्न प्रमुख प्रतिपक्षी एमालेले माग गर्दै आएको छ भने कांग्रेस सरकारले पेश गरेको अध्यादेशका पक्षमा आफ्नो मत जाहेर गर्दै आएको थियो । एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण यो अध्यादेश लामो समयदेखि शीतल निवासमा अड्एिको थियो ।
राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा गठन अध्यादेश जारी गर्नुपूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई आफ्नै कार्यालयमा बोलाएर परामर्श गर्नु भएको थियो । त्यसक्रममा प्रधानमन्त्री देउवा कांग्रेस कार्यसम्पादन समितिको बैठक बीचैमा रोकेर राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए भने त्यसअघि एमाले अध्यक्ष केपीओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।
स्मरण रहोस एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा बिहीबार बसेको स्थायी समिति बैठकमा एमाले नेताहरूले कांग्रेसको व्यवहार र अध्यादेशमा सहमति नभएका कारण नयाँ सरकार गठनमा देखिएको जटिलतामा केन्द्रित रहेर पछिल्ला घटनाक्रमको समीक्षा गर्दै कांग्रेस सहमतिमा नआएका कारण अध्यादेश छिटो पारित गर्ने दिशामा अग्रसर हुने निष्कर्ष सहित एमाले अध्यादेश पारितका लागि लचकभएसंगै प्रस्तुत अध्यादेश जारी भएको हो ।
अव अध्यादेश जारी भएपछि पछिल्लो समय भइरहेको राजनीतिक गतिरोधको अन्त्य हुनुको अलावा राष्ट्रियसभाको निर्वाचन हुनुको अलावा प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक गर्ने मार्ग खुला भएको छ । त्यस्तै अव राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति तोकेसँगै प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिने सम्वद्धस्रोतले जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संसदीय छानबिन समितिको क्षेत्राधिकारको मस्यौदा कार्यदलको बैठक शुरु
- संघीय संसदको दुवै सदनको बैठक बस्दै
- अन्तत,सहकारी प्रकरणमा ससदीय छानबिन समिति बनाउन सत्तापक्ष सहमत
- भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री
- ससंद् सञ्चालन गर्ने विषयमा सबै दलहरु गम्भीर हुनुको विकल्प छैन : सभामुख
- प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेससंग आज साँझ विशेष छलफल गर्दै
- उप्रेतीको “संगै जिउने मर्ने कसम” सार्वजनिक
- प्रतिनिधिसभाको ११ बजेको बैठक २ बजेलाई सर्यो
- सहकारी प्रकरणमा थप आवाज मुखरित गर्न काँग्रेसको आव्हानमा बसेको विपक्षी दलको बैठक जारी
- संसदमा विहिवार भएको अप्रिय स्थितिको जिम्मेवारी सभामुखको भएको काँग्रेस संसदीय दलको निष्कर्ष
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान