बिहिबार, बैशाख २०, २०८१

रानीपोखरी पुनःनिर्माण विवादको श्रृखलागत उल्झनमा

काठमाडौ पुस ११,  ०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको ०७२ माघ २ मा राष्ट्रपतिबाट पुनःनिर्माण अभियान प्रारम्भ सुरु गरिएपनि विवादै विवादका कारण पुनःनिर्माणले गति लिन सकेको छैन पछिल्लो समय ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको सवालमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीच बढ्दो विवादका कारण महानगरपालिकाले रानीपोखरी पुनः निर्माणका विषयमा पुरातत्व विभाग र राष्ट्रिय पुनः निर्माण प्राधिरणसँग समन्वय गर्ने भएको छ ।

विवादको श्रृखला अन्र्तगत रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर निर्माण कंक्रिट प्रयोग गर्न नहुने आवाज संस्कृतिकर्मीले उठाउँदै आएको आवाजको पक्षमा रहेको बताउँने महानगरका प्रमुख शाक्यले पुनःनिर्माणको कामलाइ निरन्तरता दिन एकतर्फिरुपमा ठेकेदारलाई निर्र्देशन दिए लगत्तै उपप्रमुख खड्कीले नियमविरीत र संस्कृतिनै नामेट हुने गरी निर्माणको काम नर्गन र नगराउँन अडान लिएसैगै विवादको सुरु भएको बताईएको छ ।  त्यस्तै  सम्वद्ध स्रोतका अनुसार कामपा प्रमुखले नियोजित स्वार्थ हावी गरि पुनःनिर्माणको काम निरन्तरता दिन ठेकेदारलाइ निर्देशन दिएपछि विवाद चरम चुलीमा पुगेको बताईएको छ ।

यसैवीच ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको सवालमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यसंग पटक पटक चासो देखाउँदा उहाँले विरोधले काम अवरोध भइरहेको  तपाईंसँग पनि बैठक बस्नुपर्छ भनेपनि उहाले व्यवाहारमा कुनै कार्यान्वयन नगरेका कारण    रानीपोखरी इतिहाससँग जोडिएको  रानीपोखरी सम्पदाको  पुनःनिर्माणको  सवालमा  महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी बीच विवाद बढेका थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।