काठमाडौँ ज्येष्ठ १७, संविधानसभाको आगामी असार ८ गते हुने उप निर्वाचनका लागि नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं २ ले आफ्नो चुनावी भेला सुरु गरेको छ । निर्वाचनमा उम्मेदवारीका लागि काँग्रेसले दीपकप्रसाद कुइँकेलको नाम तय गरेसँगै पार्टीले आफ्नो चुनावी अभियान अघि बढाएको हो ।
चुनावी अभियानअन्तर्गत पार्टीका क्षेत्रीय सभापति उपेन्द्र कार्कीको संयोजकत्वमा दुई हजार ५१ सदस्यीय निर्वाचन मूल प्रचारप्रसार समिति गठन गरिएको छ । प्रचारप्रसार समिति गठन भेलामा उम्मेदवार दीपकप्रसाद कुइँकेल, नेपाली काँग्रेस निर्वाचन मूल प्रचार समितिका संयोजक कार्की, महासमिति सदस्य लोकेश ढकाल, जिल्ला कार्यसमिति सदस्य पवित्र लामिछाने लगायतले बोल्नु भएको थियो