काठमाडौं जेठ २०, काठमाडौं महानगरपालिका वडा न. १९ को सर्वाङ्गिण विकास तथा जनसरोकारका यावत मुद्धामा बहस पैरवी गर्ने लक्ष्यका साथ अस्तित्वमा आएको १९वडा सरोकार मञ्चले आज स्थानीय वडा क्षेत्रमा क्रियाशील विभिन्न सामाजीक संस्थाका प्रतिनिधीसंग विशेष अन्तक्रिया गरेको छ ।
मुलत विश्वव्यापी कोभिड संक्रमणको जोखिमका कारण जारी बन्दाबन्दी आदेशका वीच बाग्मती प्रदेश सभाका सदस्य राजेश शाक्यले वडा न . १९ स्थित कंकेश्वरी झोलुङ्गेपुल परिसरमा रहेको डिप वोरिङ्गमा फिल्टर प्लान जडान गर्दै डिप वोरिङ्गबाट उत्पादन हुने पानीलाइ पिउने योग्य बनाउदै पानी वितरण गर्ने कार्य योजनाका लागि कुनै औपचरिक छलफल वा सार्वजनिक सूचना वेगर एकतर्फी रुपमा आफु निकट दलगत आस्थाका आधारमा उपभोक्ता समिति गठन गरेसंगै पछिल्लो समय डिप वोरिङ्ग र फिल्टर प्लान जडान प्रकरणले वडा व्यापी प्रारुपमा चर्चा पाएको हो ।
यसैक्रममा मञ्चले आज संयुक्त युवा क्लव , गंगा क्लव , सुन्तागल्ली क्लव, दमैचाघाट टोल सुधार समिति , ननिचा ल्याम्ह पुच: , चसान्दो झि पुच: , ढोकाटोल क्रियाशील समाज, यटखा वहाल सुधार समिति, खड्गी सेवा समिति, मुगल्ली टोल सुधार समिति, अशोक विनायक गुथि लगायतका दर्जनौ संघसस्थाका प्रतिनिधी संगको छलफलमा प्रदेश सभा सदस्य शाक्यले आफु निर्वाचित निर्वाचन क्षेत्र लक्षित गर्दै कार्यान्वयन गर्न खोजेको योजना आफैमा स्वागत योग्य हुँदाका वाजुद पनि स्थानीय सरोेकारवाला संघ संस्था, नागरिक समाजसंग समेत कुनै छलफल नगरी एकतर्फी प्रारुपमा उक्त योजना कार्यान्वयन गर्न खोजेकोमा आपत्ती रहेको बताउँदै मञ्चका संयोजक समेत रहेका स्थानीय सुमन खड्गीले योजना कार्यान्वयनका विस्तृत विवरणको माग गर्दै प्रदेश सासंद शाक्य त्यस्तैगरि वडा न. १९का वडाध्यक्ष समेतको ध्यानाकर्षण गराईएको बताए ।
त्यस्तै संयोजक खड्गीले प्रस्तुत योजना पिउने पानीको काकाकुललाइ आफ्नौ दैनिकी बनाउदै आएका काठमाडौं महानगर वडा न.१९का स्थानीय लक्षित हो भने विस्तृत योजना सहित छलफल सहित दिर्घकालिन सोच अनुरुप कार्यारम्भ गर्न कुनै समस्या नभएको भन्दै योजनाको कार्यान्वयन के ? र कसरी ? भन्ने विषयमा कुनै छलफल नै नगरी हतार हतारमा उपभोक्ता समितिको गठन संगै योजनाको कार्यान्वयन के ? र कसरी ? भन्ने विषयमा सार्वजनिक छलफलको माग गर्दै केहि साता भित्रनै सार्वजनिक सुनवाइ गर्ने छलफलको नितिगत निर्णय भएको मञ्चका सचिव हिमाल डंगोलले जानकारी दिएका छन । [ फोटो सौजन्य युवराज शाही ]
तपाईं फेसबुक, युट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान
१९ वडा सरोकार मञ्चद्दारा प्रदेशसभा सदस्य शाक्यको ध्यानाकर्षण