बिहिबार, बैशाख २०, २०८१

लकडाउनलाई थप कडा पार्न मातहतका निकायलाई गृहको कडा निर्देशन

पासविनाका सबै प्रकारका सवारी साधन चलाउन नपाइने

काठमाडौं बैशाख १५ , आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले कोभिड- १९ संक्रमणको जोखिम रोकथामको लागि जारी गरेको लकडाउन आगामी बैशाख २५ गतेसम्म् थप गरेसंगै लकडाउनलाई थप कडा पार्न गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको मन्त्रालयका उपचिव एवम् सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनु भएको छ ।

त्यस्तै मन्त्रालयले लकडाउनका कारण विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि यसअघि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गर्दै गनतव्यमा पुग्ने र पर्याउने कार्य भइसकेको ठहर सहित आजबाट जारी हुने गरि कोभिड संक्रणको जोखिम रोक्न पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन निर्देशन दिएको उपसचिव अधिकारीले जानकारी दिनु भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।