काठमाडौं चैत २१ , विश्वव्यापी कोभिड – १९ को बढ्दो माहामारी सन्त्रासका कारण नेपाल सरकारले जारी गरेको बन्दाबन्दी आदेशबाट प्रभावित भएर दैनिक जीवन सञ्चालन गर्न समस्या भएका विपन्न अति विपन्न र दैनिक रोजगारी समेत विहिन हुँदै आफ्नो जीवन गुजारा गर्न असहज परिस्थिती भएका व्यक्तिका लागि काठमाडौ महानगरपालिका अन्र्तगतका ३२ वटै वडामा राहत सामग्री वितरण कार्य भइरहेका छन ।
काठमाडौं महानगरपालिकाको ४३ औं कार्यपालिकाको बैठकले स्वीकृत गरेको मापदण्ड अनुरुप विभिन्न वडामा बसोवास गर्ने विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति र तिनका परिवार सङ्ख्याका आधारमा राहत उपलब्ध गराउने क्रममा महानगरपालिको वडा न.१९ मा हुँदै गरेको राहत वितरण प्रणली र यसका लागि अवलम्न गरिएकोे व्यवस्थापनका विषयमा वडा समितिका वडा सदस्य चन्द्रमान डङ्गोल , त्यस्तैगरि स्थानीय विपद व्यवस्थापन समितिका सचिव सुमन खड्गीसंग आज हामीले साक्षात्कार गरेका छौं ।
साक्षात्कारको क्रममा वडा सदस्य डङ्गोलले राहत वितरणका लागि भएको सर्वदलिय बैठकको निर्णय अनुसार वितरण प्रणलीलाइ वडा समिति केन्द्रीकृत गर्दै राहत वितरण गर्दा यसवीचमा हुने भिडभाडले भाइरस संक्रमणको जोखिम बढ्न सक्ने पक्षलाइ दृष्टिगत गर्दै वडाका विभिन्न ५ क्षेत्रमा स्थानीय स्वयमसेवलाइ परिचालन गर्दै राहत वितरण गरिएको बताए । त्यस्तै राहत वितरणको लागि पिडितको यकिन तथ्याङ्क प्राप्त भइनसकेपनि अहिलेसम्म करिव ३सय ५० देखि ४ सयको हाराहारीमा रहेको वडा सदस्य डंगोलले बताए ।
त्यस्तै विपद व्यवस्थापन समितिका सचिव खड्गीले कोभिड -१९ को संक्रमण फैलिन एक प्रमुख माध्यम भएकै कारण सामाजीक दुरी पनि कायम होस र भिडभाड पनि नहोस भन्दै राहत वितरणको लागि तोकिएको एरियाको विषयमा जानकारी दिदै उहाँले भने – वडामा राहत वितरण हुँदैछ भन्ने वित्तिकै थेग्न नसक्ने भिडभाड हुने भूकम्पको समयमा राहत वितरण गर्दै गर्दाको अनुभवलाइ मनन गरि कामपा वडा न. १९ ले अख्तियार गरेको यो क्षेत्र विभाजनको शैली आफैमा प्रभावकारी रहेको र यसको लागि क्रमस अशोक विनायक स्टोर मरु, किशोर स्टोर मरुढोका , रिकेश स्टोर इनाटोल , रुपा स्टोर चिवाखेल र शेषनारायण स्टोर यटखावहाललाइ जिम्मा दिएको जानकारी दिदै उल्लेखित स्टोरबाट पिडितले राहत प्राप्त गर्न सक्ने बताए ।
मुलुकमा सरकारले जारी गरेको बन्दाबन्दी आदेशका कारण अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् । यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या सिर्जना भएकाले केन्द्रीय सरकारको निर्देशनमा स्थानीय सरकारले राहत वितरणको अवधारणा कार्यान्वयन गरेको हो । तर पछिल्लो समय राहत लिनकै लागि पहिचान गरिएका वर्ग भन्दा पृथक जो सक्षम छन उनिहरुपनि राहतका लागि राहत लिन आउने प्रवृतिले प्रशय पाउदै गर्दा वडा न. १९ मा भने त्यस्तो समस्या नभएको वडा सदस्य डङ्गोलले बताए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान