बिहिबार, बैशाख २०, २०८१

तत्काललाइ अध्यक्षत्रय रहनेगरी दुई राप्रपाबीच पार्टी एकताको बन्यो सहमति

काठमाडौ फागुन २५ , राजसंस्थासहितको प्रजातन्त्र र सापेक्ष हिन्दुराष्ट्रको एजेन्दामा सहमति कायम गर्दै शनिबार राति कमल थापा नेतृत्वको राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण गर्ने सहमति भएको छ ।  सहमति पत्रमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जवराले हस्ताक्षर गरेका छन् ।

त्यस्तै पानीपोखरीस्थित लप्सीगार्डेनका भएको एक कार्यक्रमकावीच  सहमति पत्रमा हस्ताक्षर गर्दै पार्टीको नाम राप्रपा राख्ने , आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने र सो समयसम्मका लागि पार्टीको अध्यक्षमा थापा र लोहनी र जवरा तीनै जना अध्यक्ष रहने सहमति बनेका छन भने पार्टी एकता घोषणा सभा राजधानीमा फागुन २८ गते एक कार्यक्रमको आयोजना गर्दै विधिवत सार्वजनिक गर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।