शुक्रबार, चैत्र १६, २०८०

नुन, चिनी र ग्यासको अभाव नरहेको साल्ट ट्रेडिङको प्रष्टोक्ति

काठमाडौं फागुन २४ , साल्ट ट्रेडिङ कर्पोरेशनले नुन, चिनी ग्याँस लगायतदैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै यी वस्तुको अभाव नभएको प्रष्ट पारेको छ ।  कर्पोरेशनले आज एक विज्ञप्ति जारी गर्दै कस्तै विषम परिस्थितीमा समेत करिब १० महिनासम्म नेपालको माग धान्न सक्ने वस्तुको मौज्दात रहेको जनाउदै यसमध्ये १ लाख ५८ हजार ५०० मेट्रिक टन नुन त्यस्तै, चिनी र ग्यासमा समेत कुनै पनि अभाव नभएको र नियमित रुपमा उत्पादन तथा वितरण भइरहेको जनाएको छ ।

त्यस्तै जारी विज्ञप्तिमा कोरोना भाइरसको बढ्दो विश्वव्यापी प्रभावसंगै बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्ति ठप्प हुने भने जस्ता अनावश्यक हल्लाले प्रशयपाएसँगै बजारमा कालोबजारी बढ्न थालेपछि साल्ट ट्रेडिङले दैनिक उपभोग्य वस्तुको र आपूर्तिमा समेत कुनै पनि प्रकारको समस्या नरहेको स्पष्ट पारेको हो ।

कर्पोरेशनका विभागीय प्रमुख व्रजेशकुमार झाले दैनिक उपभोग्य वस्तुको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गर्दै बजारमा चलेको हल्ला निराधार भएको र हल्लाको पछि लाग्नु किमार्थ राम्रो पक्ष नभएके जनाउ सहित महाभूकम्पको समयमा समेत कर्पोरेशनले नुन लगायतका उपभोग्य वस्तुको सहज तथा सरलरुपमा आपुर्ति व्यवस्था मिलाएको स्मरण गर्दै यी बस्तुको प्रयाप्त मौज्दात रहेका कारण अत्तालिनु पर्ने स्थिती नभएको जानाकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।