बिहिबार, बैशाख २०, २०८१

प्रतिपक्षीदलको फरक मत बहुमतले अस्वीकार, सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौ पुस १३,  प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकले बहुमतबाट सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।  बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक मत राख्ने सांसदहरुको आठ बुँदा पनि संशोधनमा समावेश गरी पारित भएको जानकारी दिनुभएको छ ।

बैठकमा प्रतिपक्षी दल काँग्रेसका सासंदहरुले दफावार छलफलको क्रममा प्रस्तुत विद्येयक संविधानको मर्मविपरीत र प्रजातान्त्रिक मूल्य मान्यताविपरीत रहेको जनाउ दिदै नागरिकले बोल्ने अधिकार कुण्ठित गर्ने प्रावधान विधेयकमा गरिएको सवालमा विमति सहित विधेयकको दफा ८८ र ९१ देखि ९४ सम्मका बुँदा भने नागरिक स्वतन्त्रता र संविधानको मर्मविपरीत भएकाले हटाउन पर्ने माग गरेको थियो । तर सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधेयकमा नागरिक अधिकार कुण्ठित गर्ने विषय नभएको जनाउ दिदै सरकारको आलोचना गर्न पाइन्छ तर जथाभावी गर्न नपाइने बताउँनु भएको थियो ।

यस्तो छ सूचना प्रविधिसम्बन्धी विधेयक

त्यस्तै बैठकमा सत्तारुढदल र प्रतिपक्षीदलका सासंदवीच सहमति असहमतिको बहस सहितको रस्साकस्सीपछि प्रतिपक्षीदलको फरकमतका वीच समितिका सभापति कल्याणीकुमारी खड्काले प्रतिपक्षीदलको फरक मत बहुमतले अस्वीकार गरेको जानकारी दिदै विधेयक बहुमतले पारित भएको जानकारी दिनु भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।