बिहिबार, बैशाख २०, २०८१

सिजपको अध्यक्षमा बालअधिकारकर्मी डङ्गोल निर्वाचित

काठमाडौं पुस ७, बालसंरक्षणको क्षेत्रमा कार्य गर्ने विभिन्न संस्थाहरुको साझा संजाल अर्थात बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) मा बालअधिकारकर्मी युवा नरेन्द्र डङ्गोल अध्यक्षमा निर्वाचित भएका छन । अभियानको अध्यक्षमा  निर्वाचित भएसंगै अध्यक्ष डंगोलले जोखिममा रकेको बालबालिकाको बालअधिकारका क्षेत्रमा कानुन निर्माण, तिनका सेवा प्रवाह, संयन्त्रहरु निर्माण र सवलीकरणका लागि सरकारहरु संग सहकार्य सहित पैरवी गर्ने प्रतिवद्धता जनाएका छन ।

त्यस्तै सिजप आगामी २ बर्षे कार्यकालका लागि निर्वाचित अन्य पदाधिकारी उपाध्यक्षमा मिना शर्मा र नवल किशोर यादव, महासचिवमा राजेश शर्मा, कोषाध्यक्षमा रन्त उप्रेती छन भने निर्वाचित हुने सदस्यहरुमा टिकाराम आर्चाय, चन्दा कुमारी गुरुङ्ग, टिका फुलारा, रुद्र मसराङ्गी, दिपक शर्मा, कुमारी ममता झा, अनिता निराला र प्याग नेपाल रहेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।