शुक्रबार, चैत्र १६, २०८०

सन्त नेता स्व भट्टराईको आज ९६ औं जन्मजयन्ती मनाइदै

काठमाडौं पुस ८ ,  नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आज ९६ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईदै छ । नेता भट्टराईको स्व पिता संकटाप्रसाद र स्व माता ललितादेवीका कान्छा छोराका रूपमा वि.सं. १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा भएको थियो।

सन्त नेताको प्रारुपमा समेत परिचित स्व भट्टराई इमान र नैतिक राजनेताका रुमपा नेपाली जनता माझ परिचित रहेका छन । राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिवद्धताकै कारण नेता भट्टराईले तत्कालीन पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल जिवन विताउँनु परेको थियो । त्यस्तै २०३४ मा सम्पन्न भएको पटना सम्मेलनबाट बीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति बनाए। बीपीको निधन पछि २०३९ मंसीरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट पुनः कार्यवाहक सभापतित्वमा समर्थित भएका भट्टराईले करिब डेढ दशक कार्यवाहक सभापति कै रूपमा रहेर नेपाली काङ्गेसको नेतृत्व सञ्चालन गरे। नेपाली कांग्रेसको आठौं महाधिवेशन २०४८ बाट सर्वसम्मतिबाट सभापतिमा निर्वाचित गरेपछि यिनले २०५३ सम्म सभापतिको पद सम्हालेका थिए ।

पछि  पार्टीको आन्तरिक कलह बढ्दै गएर २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएर नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका रूपमा अर्को पार्टी गठन भयो। यसबाट भट्टराई ज्यादै चिन्तित बने। पार्टी विभाजनको त्यस घटनापछि एक प्रकार उनी मौन बसे। २ खेमामा विभाजित नेपाली काँग्रेसलाई एकिकरण गर्ने कार्यमा यिनले ठूलो भूमिका निभाएका थिए।

२०४६ सालको जनआन्दोलनपछि उहाँले २०४७ साल वैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि गरी उहाँ दुई पटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो । नेता भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।