काठमाडौ मंसिर २९, काठमाडौं महानगरपालिकाको २५औँ दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले जनप्रतिनिधीले जनमतको कदर सहित शासकीय अहमता नराख्न सुझाव दिनुभएको छ । साथै उहाँले यदि जन प्रतिनिधीमा शासकीय अहमता सिर्जना भयो भने त्यो अहमता स्वभाविकरुपमा पतन उन्मुख हुने तर्फ सचेत हुन आग्रह गर्दै उहाँले काठमाडौंको गरिमा बचाउनका लागि मात्र नभइ संघीयताको जग बलियो बनाउन पनि महानगरका उदाहरणीय कार्य गर्नुपर्नेमा जोड दिनु भएको छ । त्यस्तै उहाँँले काठमाडौंको बिरासत ठूला रहनुको अलावा राजनीति र प्रशासनिक व्यवस्था परिवर्तनको साक्षी भएकै कारण सबै मिलेर यसको गरिमालाइ अक्षुण्ण राख्न आवयक रहेको बताउँनु भएको छ।
त्यस्तै कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर , संघीय संसद सदस्य जीवनराम श्रेष्ठ ,प्रदेशसभा सदस्य नारायण सिलवाल लगायतले महानगरको बिकास र समृद्धिका लागि आवश्यक कामको फेहरिस्त बनाउँद महानगरको गरिमालाई थप प्रभावकारी बनाउँन प्राप्त उपलब्धीको रक्षा सहित योजनावद्ध थप कार्यक्रमको कार्यान्वयनमा जोड दिनुभएको छ ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले महानगरको गौरव र महानगरबासीका चाहना पूरा गर्न आफू प्रतिवद्ध रहेको बताउँदै यसवीचमा आइपर्ने हरेक चुनौतीका वाजुद पनि काठमाडौंलाई सहयोगापेक्षी मानवमुक्त बनाउन थालिएको अभियान संगै यहाँको मूर्त अमूर्त सांस्कृतिक सम्पदालाई संरक्षणमा महानगर सदैव तत्पर रहेको बताउँुन भएको छ ।
टोल कुमारी सम्मान ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँला बाजाका २३ वटा समूहका बाजा गुरु सम्मान र सम्पत्ति करतर्फ वडा ६ का छेतेन ग्युर्मान श्रेष्ठलाई सम्मानित गरियो । उहाँले ४ लाख ६४ हजार ३८४ रुपैयाँ कर तिर्नुभएको थियो । त्यस्तै बहाल करतर्फ वडा ११ की जया राज्य लक्ष्मी शाहलाई सम्मान गरियो भने व्यवसाय करतर्फ वडा ५ मा रहेको उपमा डेभलपर्स प्रा. लि. लाई सम्मानित गरिएको थियो ।
त्यस्तै गरि सम्मानपत्र र रु ५० हजार राशीको शुशासन पत्रकारिता पुरस्कारबाट नेपाल समाचार पत्रका ईश्वरराज ढकाल, नागरिक दैनिकका हिमाल लम्साल, नयाँ पत्रिकाका तीर्थ बस्नेत, राष्ट्रिय समाचार समितिका शर्मिला पाठक, राजधानी दैनिकका केशव पाण्डे, झीँगु डट कमका रेखा शाक्य र लहना बाः पौ साप्ताहिकका नृपेन्द्र श्रेष्ठ हुनुहुन्छ । त्यस्तै संस्थागततर्फ नेवा अनलाइन र गोरखापत्र दैनिकलाई सम्मानित गरिएको थियो भने महानगरमा २५ बर्ष नियमित सेवा गर्ने १७ जना कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान