बिहिबार, बैशाख १३, २०८१

बढ्दो सडक दुर्घटनाप्रति काँग्रेसद्वारा चिन्ता प्रकट

काठमाडौ मंसिर २९, नेपाली काँग्रेसले सिन्धुपाल्चोकमा आज बिहान भएको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु र १८ जना गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । साथै बैठकले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको समेत गरेको छ ।

त्यस्तै काँग्रेसले विज्ञप्तिमार्फत बाँकेको कोहलपुरमा विद्यालय प्रवेशद्वार अघिल्तीरै बालिकालाई ट्रकले कुल्चनु र घटनामा प्रहरीले संयमता नराख्दा थप द्वन्द्व सिर्जना हुनु दुःखद् भएको जनाउँदै घाइते बालिकाको सम्पूर्ण उपचार गर्न सरकारसमक्ष माग गर्नुको अलावा यसवीचमा सडक दुर्घटनामा परी ५ दर्जनभन्दा बढी व्यक्तिको निधन भएको साथै सडक दुर्घटनामा देशव्यापीरुपमा मृत्युको तथ्याङ्क बढेको भन्दै काँग्रेसले चिन्ता व्यक्त गर्दै अवस्थामा सडक यात्रामा नागरिक जीवनको रक्षा गर्नुपर्ने सरकार कहाँ छ भन्ने प्रश्न उब्जिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

मंसिर २९, २०७६प्रेस विज्ञप्तिनेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा…

Gepostet von Nepali Congress am Sonntag, 15. Dezember 2019

 साथै विज्ञप्तिमा धनुषाको महेन्द्रनगरमा बम विष्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र अन्य दुई जना नागरिकको मृत्यु भएको घटना र कञ्चनपुर जिल्लाको महाकाली नगरपालिकामा जंगली हात्तीको आक्रमण प्रति दुःख व्यक्त गर्दै शान्तिसुरक्षा कायम गर्न निरन्तर सरकार असफल हुँदै गएको भन्दै चिन्ता प्रकट गरेको छ । सरकारलाई यस्ता घटनाप्रति गम्भीर हुन अपिल गर्दै काँग्रेसले घटनाको उच्चस्तरीय छानविनको माग र बम विष्फोटमा परी घाइते भएकाको सम्पूर्ण उपचार गर्न तथा मृतकका परिवारलाई राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

आजको बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार एवं केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र रमेश लेखकले आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीर्य समितिको अर्को बैठक सोमबार दिउँसो १ बजे पुनःबस्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।