काठमाडौ मंसिर ९ ,निर्वाचन आयोगले उपनिर्वाचन, २०७६ को सवारी आवागमन व्यवस्थापन योजना स्वीकृत गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यका लागि यही मङ्सिर १४ गते उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा बिहान ५ बजेदेखि साँझ ७ः०० बजेसम्म सवारी पास अनुमति पत्र प्राप्त गरेका बाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको आयोगले जनाएको छ । साथै अत्यावश्यक सेवा – एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दुरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत् सेवाको हकमा सवारी अनुमति पत्र लिइरहनु नपर्ने आयोगले जनाएको छ ।
त्यस्तै आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा आज जारी प्रेस विज्ञप्तिमा सवारी पास लिन चाहन व्यक्ति वा संस्थाले आफ्नो संस्थाको आधिकारिक पत्रमा सवारी नं, सवारीको किसिम, सवारी प्रयोगकर्ता/संस्था वा व्यक्तिको नाम र उक्त सवारीमा यात्रा गर्ने यात्रु सङ्ख्या, सवारी प्रयोग हुने जिल्ला (काठमाडौँ उपत्यकाबाहेक) र सवारी चालकको नाम (लाइसेन्स नम्बरसहित) उल्लेख गरी सम्बन्धित निकायको सिफारिससहित प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि मङ्सिर १२ गतेसम्म निर्वाचन आयोग वा सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिई सक्नु पर्ने जनाएको छ
त्यस्तै आयोगद्वारा आज जारी विज्ञप्तिमा उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा राष्ट्रिय मानव अधिकार आयोग, संवैधानिक निकाय, कूटनीतिक नियोगका अवलोकनकर्ता, संयुक्त राष्ट्रसङ्घीय नियोग र नेपालका विकास साझेदार संस्थाहरूलाई मतदानको दिन तोकिएको मापदण्डभित्र रही सवारी अनुमतिपत्र निर्वाचन आयोगबाट उपलब्ध हुने व्यवस्था गरेको उल्लेख गर्दै जारी विज्ञप्तिमा मानवीय उद्धार एवं सहायतामा प्रयोग गरिने सवारी साधनको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको अनुमति लिई प्रयोग गर्न र कामको प्रकृति हेरी सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट एउटा जिल्ला भन्दा बढी जिल्लाका लागि पनि सवारी पास जारी गर्न सकिने जनाउँदै स्वीकृत सवारी आवागमन व्यवस्थापन योजनामा विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्यमा सवारीसाधनको प्रयोग गर्नपर्ने भएमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले जाँचबुझ गरी सवारी सञ्चालन पास दिने यवस्था मिलाइएको उल्लेख गरिएको छ ।
उपनिर्वाचन हुने क्षेत्र भएर एउटा वडाबाट अर्को वडामा वा एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा वा एउटा जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्ने सरकारी, निजी तथा भाडाका सवारी साधनले उपनिर्वाचन हुने क्षेत्रमा पर्ने कुनै पनि स्थानमा सवारीसाधन रोक्न, यात्रु चढाउन वा ओराल्न नपाउने गरी आवतजावत गर्न दिने व्यवस्था सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको तजविजमा आवश्यक व्यवस्था मिलाएको जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान