बिहिबार, बैशाख २०, २०८१

गाउँपालिका प्रमुखलाइ अपहरणको धम्की दिदै रकम असुल्न खोज्ने तामाङद्दय पक्राउ

प्रतिकारको क्रममा गोली प्रहार

काठमाडौ साउन २४, राजधानीको कामपा वडा न १५ विजेश्वरी हाउजिङ नजीकैको एक क्याफेबाट प्रहरीले मिलन तामाङ र अमृत तामाङलाई पक्राउ गरेको छ ।

प्रहरीका अनृसार पक्राउ परेका तामाङद्दयले लिखु–तामाकोशी गाउँपालिका प्रमुख गोविन्द खडकासंग आफुले माग गरे अनुरुपको रकम नदिए निजको तीन वर्षको छोरीलाई अपहरण गर्ने धम्की दिएको सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाको टोलीले खोजी अभियानका क्रममा दुई जनालाई आज दिउँसो १२ः३० बजे पक्राउ गरेको जनाएको छ ।


प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तद्दय प्रहरी आएको चाल पाएपछि प्रतिकार गर्दै भाग्ने क्रममा प्रहरीको तर्फबाट प्रहार गरिएको गोलीले मिलन तामाङ घाइते भएको र उनको काठमाडौ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ । त्यस्तै उनिहरु दुवै यसअघिपनि लुटपाट र आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।