शुक्रबार, बैशाख ७, २०८१

त्रिशूलीमा यात्रुवाहक बस दुर्घटना, ७ को मृत्यु, १६ यात्रुको उद्धार, २२ जना वेपत्ता

त्रिशूलीमा यात्रुवहाक बस दुर्घटना अपडेट :

काठमाडौं साउन २४, ४५ जना यात्रु लिएर सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना६ख ७४६९ नम्बरको आज विहान त्रिशूली नदीमा यात्रुवहाक बस खस्दा भएको दुर्घटनामा परि ज्यान गुमाउँनेका सख्या ७ पुगेको छ भने १६ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सडकबाट करिब १०० मिटर तल त्रिशूली नदीमा खसेको बसलाई क्रेनको सहायताले नदीबाट निकालेर किनारमा ल्याइएको छ । तर, बसभित्र कोही पनि नभेटिएको प्रहरीले जनाएको छ ।

यसैवीच  यो समाचार तयार पार्दै गर्दाको समय सम्ममा प्राप्त जानकारी अनुसार क्रमससर्लाहीका ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी सहित ३ जनाको घटनास्थलमा मृत्यु भएको हो भने बाँकी ४ जनाको शव देवघाट आसपासको  क्षेत्रमा फेलापरेको र सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै उद्धारगरिएको २२ यात्रुमध्ये १६ जनाको काठमाडौस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उपचारका क्रममा रहेका यात्रुले चालकको लापरबाहीका कारण दुर्घटना भएको बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु