बिहिबार, बैशाख २०, २०८१

स्वास्थ्य क्षेत्रका विज्ञसंग छलफल सहित जारी लकडाउनको स्वरुप परिवर्तन गर्ने उच्चस्तरिय समितिको तयारी

काठमाडौ जेठ २ , कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको आव जसेको बैठकले कोभिड संक्रमणको जोखिमसंगै जारी लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ ।

बैठकले आगामी सोमवारबाट थप हुने लकडाउनको मोडालिटी परिवर्तन गरेर जाने तयारी अनुरुप स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको आज छलफल गरेको हो ।छलफलको क्रममा समितिले जोखिम क्षेत्र छुट्याएर जारी लक डाउनको समिक्षा गर्दै नयाँ मोडालिटी अनुरुप लकडाउन कार्यान्वयन गर्ने विषयगत छलफल गरेको छ । यसअघिपनि निकै चर्चामा रहेको जोखिम क्षेत्रको वर्गिकरण अन्र्तगत उच्च जोखिममा क्षेत्र, मध्यम जोखिम र क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरीने जनाएको छ।

त्यसक्रममा विज्ञहरुले आत्तिनुपर्ने अवस्था नभएपनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरुको सवालमा सम्बन्धित स्थानीय तहहरुमा क्वारेन्टाइनको उचित व्यवस्थान गरी ल्याउनुपर्ने सुझाव पनि दिएसंगै विज्ञहरुका सुझावहरुमा पुनः छलफल गरी आवश्यक निर्णय लिइने समितले जनाएको छ ।

त्यसैगरी समितिले अध्ययन वा अन्य कामको शिलशिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रोकिएका नागरिकहरुलाई चार्टड फ्लाइट मार्फत पठाउने निर्णय गरेको छ ।

लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाउने निर्णय भएको छ । छलफलमा सहभागी विज्ञहरुले परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु