बिहिबार, बैशाख २०, २०८१

मालपोत अधिकृत पौडेल र प्रनाउ राईविरुद्ध मुद्धा दायर

काठमाडौ कार्तिक २८, मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल, नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

जग्गा धितोबन्धक पास गर्ने सिलसिलामा सेवाग्राहीसँग रु। ५०/५० हजार घुस लिएको अवस्थामा पक्राउ परेका अभियुक्तत्रयलाई बिगो रु ५० हजार कायम गरी जरिवाना र कैद सजाय हुन मागदावी लिइ आयोगले आज विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

यसैवीच आयोगले सेवाग्राहीसँग सोनी कम्पनीको टेलिभिजन सेट खरिद गर्न घुसबापत रु एक लाख चालीस हजार लिएको अवस्थामा रङ्गेहात पक्राउ आयोग टोलीले पक्राउ गरेका महानगरीय प्रहरी वृत्त, बौद्ध, काठमाडौंका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईविरुद्ध पनि रु १ लाख ४० हजार बिगो कायम गरी भ्र जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031