बिहिबार, बैशाख २०, २०८१

यस्तो छ सहसचिव मैनालीको नेतृत्वको समितिद्दारा प्रस्तुत निर्मलाको बलात्कारपछि हत्या प्रकरणको प्रतिवेदन

काठमाडौं असोज २२,  गृह मन्त्रालयले  कञ्चनपुरको भिमदत्त नगरपालिका २ का यज्ञराज पन्त र दुर्गादेवी पन्तकी १३ वर्षीया छोरी निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि भएको हत्या  प्रकरणको प्रतिवेदन सार्वजनिक गरेको छ। 

प्रतिवेदनमा  निर्मला प्रकरणमा प्रहरीले भिमदत्त नगरपालिका १९ का ४१ वर्षीय दिलिप सिंह विष्टलाई भाद्र  ४ गते पक्राउ गरेपछि घटनाले नयाँ मोड  लिएको जनाउँदै  त्यसपछि   स्थानीय अझ आक्रोशित भएको उल्लेख गरिएको छ ।  ।   उत्तेजित भीड नियन्त्रण लिने क्रममा भिमदत्त नगरपालिका १८ का १५ वर्षीय सन्नी खुन्नाको मृत्यु भयो। तर प्रतिवेदमा भने विष्ट पक्राउ परेको भाद्र  ४ लेखिएपनि आन्दोलन भने साउन ७ र ८ गतेपछि भएको उल्लेख गरिएको छ।

हत्या प्रकरण  प्रतिवेदनको पूर्णपाठ

  निर्मला पन्त बलात्कार र हत्या प्रकरणको छानबिन र तथ्य सार्वजनिक गर्न चौतर्फी दबाब बढेपछि सरकारले भदौ ७ गते गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा  १५ दिने कार्यादेश सहित    गठन गरेको  ५  सदस्यीय छानबिन समितिले   गृहमन्त्री रामबहादुर थापा बादललाइ  गत  असोज ९ गते प्रतिवेदन बुझाएको थियो। गृहमन्त्रीलाई प्रतिवेदन बुझाएपनि  प्रतिवेदन बुझेको    ११ दिनपछि गृहमन्त्रालयले वेवसाइतमार्फत् प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरेको हो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।