बिहिबार, बैशाख १३, २०८१

मनसुनी वायु बाहिरिएसँगै राजधानीमा चिसो बढ्यो

 काठमाडौ असोज २२,  राजधानीमा केहि दिन यता चिसो बढेको अनुभव गरिएको । पौय विहानीपख । साँझ पख एक्कासी चिसो बढ्नुको अलावा दिनमा भाम प्यारो हुन थालेको बसन्तपुरमा घाम ताप्दै गरेको विष्ण् मगरले मगरले बताए ।

मौसम विज्ञान विभागका अनुसार राजधानीमा मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्ने क्रम शुरु भएको जनाएको छ ।

साथै विभागले आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रका केहि स्थानमा आंशिक बदली सहित हल्का वर्षा समेत भएको जानकारी दिदै सोमबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै महाशाखाका अनुसार सोमबार राति पूर्वी र पश्चिम भूभागमा आंशिक बदली रहने सम्भावना रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।