शुक्रबार, बैशाख २१, २०८१

आज वडादसैंको दशौ दिन -दुर्गा भवानीको टीकाप्रसाद ग्रहण गरि विजयादशमी पर्व मनाइदै

काठमाडौं कार्तिक २,  वर्ष २०७५ को वडादसैं अन्र्तगत आज विजया पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका थापी मनाइँदैछ ।

दुर्गा भवानीको टीका प्रसाद बिहान ९ बजेर ५१ मिनेटको उत्तम साइत रहेको भएपनि असत्यमाथि सत्यको विजयका रुपमा मनाइने विजयादशमी मुलत शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी आसुरी शक्तिको अन्त्य गरेको खुसीयालीमा मनाइने भएका कारण दुर्गा भवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने भन्दै विजयादशमीका दिन मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने परम्परा रहेको छ ।

आजको दिन घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिएको नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ भने आजका दिन आफ्ना मान्यजनबाट टीका थापेर र आफन्तजन सङग हार्दिकता सातासात गर्नुे परम्परा रहिआएको छ। यो क्रम आजदेखि पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्दछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।