शनिबार, बैशाख ८, २०८१

वडादसैंको टीका ग्रहणका लागि कुन समय उत्तम ?

काठमाडौं कार्तिक १,  नेपाल पञ्चाङ्ग निर्णायक समितिले वर्ष २०७५ को बडादसैंको साइत अन्र्तगत शुक्रबार विजयादशमी अर्थात् वडादसैंको टीकाका लागि बिहान ९ बजेर ५१ मिनेट उत्तम रहेको जनाएको छ ।

त्यस्तै ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत रहेको जनाएको छ ।  आजको दिन घटस्थापनाकालिन नवदुर्गा भवानीको प्रतीकका प्ररुपा स्थापना गरिएको पूर्ण घडाको जलको अभिषेक सहित मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने परम्परा रहिआएको छ ।

असत्यमाथि सत्यको विजयका रुपमा मनाइने विजयादशमी मुलत शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी आसुरी शक्तिको
अन्त्य गरेको खुसीयालीमा विजयउत्सवकोरुपा मनाइने गरिन्छ । यद्यपी, दुर्गा भवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने भन्दै विजयादशमीका दिन मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिन सक्ने बताएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।