आइतवार, बैशाख २३, २०८१

लायन्स क्लब भक्तपुर स्विट होमको पदस्थापना कार्यक्रम सम्पन्न

 काठमाडौं भाद्र ३० लायन्स क्लब इन्टरनेशनल (३२५ ए टु) अन्र्तगत रहेको लायन्स क्लव भक्तपुर स्विट होमको वर्ष ०१८/१९को लागि केवल पण्डितको अध्यक्षतामा नयाँ कार्यसमितिको आज एक कार्यक्रमकावीच पदस्थापना गरिएको छ ।  क्लव अध्यक्ष प्रकाश ढकालको सभापतित्वमा एवम डिस्ट्रीक गभर्नर शुदर्शनधर प्रधानाङगले दिप प्रज्वलन सहित विधिवत सुभारम्भ गर्नुभएको उक्त कार्यक्रममा पदस्थापनापछि अध्यक्ष ढकालले नयाँ अध्यक्ष पण्डितलाइ क्लवको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै कार्यक्रमा कल्वका नयाँसदस्य क्रमस उत्तम बस्नेत,प्रज्ञा कार्की र रजनी बस्नेतलाइ पनि क्लवसदस्यता ग्रहण गर्नुभएकोमा स्वागत सहित सपथ गराईएको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै डिस्ट्रीक गभर्नर प्रधानाङगले मानवता पहिले भन्ने भावनलाइ अङिगीकार गर्दै मानवीय सेवामा समर्पित हुँन आग्रह गर्नुको अलावा पर्यावरण , युथ मोविलाइजेशन, भोकमरी रक्तदान डायविटिज लगायतका मानवीय सेवानै आजको आवश्यकता भएको बताउँदै पदस्थापित नयाँ  कार्यसमितिलाइ सफलताका लागि शुभकामना दिनु भएकोथियो ।

त्यस्तै कार्यक्रमा पिडिजी लायन मधुकर उपाध्याय , सेकेण्ड भाइस डिस्ट्रीक गभर्नर डा.लायन डा शुसिला मल्ल,डिस्ट्रिक क्याविनेट ट्रेजर लायन विधान जोशी लगायतले श्भकामना अभिव्यक्ति दिनु भएको थियो । कार्यक्रममा पिडिजी लायन विजु बज्राचार्य,जोन चियरपर्सन भरतप्रसाद प्रशाइ लगायतका लायन्सका जिम्मेवार पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।