आइतवार, बैशाख २३, २०८१

सात्क्षातदेवी मनकामना मन्दिरको पुनःनिर्माण सम्पन्न ,१३ करोडको अनुमानित खर्च,बडादशै देखी भक्तजनका लागि खुल्ला गरिने

काठमाडौं भाद्र ३० वारपार्क केन्द्रविन्द् रहेको गत बैशाख २०७२को विनाशकारी महाभूकम्पले क्षतिग्रस्त ऐतिहासिक आस्थाको केन्द्र मनकामना मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।

क्षतिग्रस्त मनको इच्छा पूरा गर्ने सात्क्षातदेवी मनकामनाको मन्दिर पुर्ननिर्माणको लागि २०७२ आषाढमा क्षमापूजा गरी भत्काएर पुनःनिर्माण शुरु गर्दै २०७५ भाद्रको पहिलो हप्तामा निर्माकार्यलाइ पूर्णता दिइएको हो । पुनःनिर्माणको क्रममा मन्दिरको गजुर, छाना, मूलढोकामा सुनको जलप लगाएर राष्ट्रिय पुरातत्व विभागले तोकेको मापदण्डअनुसार निर्माण गरिएको मन्दिर निर्माण समितिलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 मन्दिर निर्माणका लागि नेपाल सरकारबाट रु चार करोड र बाँकी रकम भक्तजनबाट सङ्कलिन सहयोग समेत गरि लगभग अनुमानित रु १३ करोडको हाराहारीमा खर्च भएको प्रारिम्भक अन्मान गरिएको छ । साथै नवनिर्मित मन्दिर सर्वसाधारण र भक्तजनका लागि कहिलेबाट खुला गर्ने भन्ने विषयमा आवश्यक गृहकार्यका लागि मनकामना मन्दिर व्यवस्थापन समितिको बैठक बस्ने तयारी भइरहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  यद्यपी आसन्न बडादशै पर्व देखी भक्तजनका  लागि खुल्ला गरिने योजना रहेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।