शुक्रबार, बैशाख २१, २०८१

टोलछिमेकमा आवश्यक विकास निर्माणका लागि स्थानीयको जागरुकता महत्वपूर्ण : प्रदेश सासंद शाक्य

टोलसुधार समितिको अध्यक्षमा माली

काठमाडौं असोज १३ , राजधानीको कामपा वडा न. १३ स्थित सोल्टीमोड रविभवन टोल सुधार समितिको आज एक कार्यक्रमकावीच तेस्रो अधिवेशन सम्पन्न भएको छ ।  प्रदेश सासंद राजेश शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा  कामपा वडा न्.१३ अध्यक्ष धुव्रनारायण मानन्धर लगायतले आफ्नो टोल छिमेक र वस्तीमा आवश्यक विकास निर्माणकार्य लागि स्थानीयको जागरुकता महत्वपूर्ण पक्ष भएको जनाउ दिदै समितिको अगुवाइ आवश्यकता अनुरुपको विकास निर्माणका लागि प्रतिवद्ध रहेको बताउँनु भएको छ ।

प्राप्त जानकारी अनुसार समितिले टोल, बस्तीमा बिभिन्न निकायहरुबाट प्रवाह हुने सेवामा टोलबासीको पहुँच अभिवृद्धि गर्ने, टोलबासीहरुमा उद्यमशीलताको विकास गराई टोलस्तरमा लघु उद्यमको सिर्जना र प्रवद्र्धन गर्ने,टोल बस्तीमा समानता, समताको भावना जागृत गराउने, आपसी सद्भाव, समझदारी, समन्वय र मेलमिलाप कायम गराउने,आर्थिक, सामाजिक सवालमा सबै टोलवासीहरुलाई निर्णय प्रक्रियामा समान अवसर र अधिकार प्रदान गर्ने लगायतका काम गर्दै आइरहेका छन ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथी लगायतका वक्ताले विकासको गतिलाइ प्राथमिकता दिनका लागि समितिले खेल्दै आएको भूमिकाको तारिफ समेत गर्नु भएको हाम्रा सहकर्मी लायन्स सुनिला महर्जनले जनाएको छ ।  पछिल्लो समय समितिले सरोकारवाला निकायसंग समन्वय गर्दै  समितिले धावक मार्ग ,गणेशमान सि.पथ लगायतका क्षेत्रमा बल्क छाप्ने सडक वत्तीको व्यवस्थापन गर्ने मात्र नभइ सरसफाइ स्वास्थ्य शिविर र निशुल्क औषधि वितरण लगायतका कार्य सम्पादन गर्दै आइरहेका छन ।

यसैवीच प्रस्तुत अधिवेशनले विधिवत रुपमा रविन्द्र मालीको अध्यक्षतामा १३ सदस्यी नयाँ कार्य समिति समेत चयन गरेको निर्वाचित नयाँकार्य समितिको उपाध्यक्ष, सचिव सहसचिव र कोषाध्यक्ष सह कोषाध्यक्षमा क्रमस वालकृष्ण श्रेष्ठ , यमकुमार शिल्पकार ,शेखरमान गोपाली, नदिम श्रेष्ठ राणा, जीवननाथ आचार्य रहनु भएको छ ।  त्यस्तै सदस्यहरुमा मिरा भटटराइ , विश्वम्भर राज बैद्ये,राधाकृष्ण मानन्धर ,विमला श्रेष्ठ ,मोहन महर्जन भाइकाजी राजवंशी र पुष्पराम भक्त माथेमा रहनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।