बुधबार, बैशाख १२, २०८१

अव यी सात शीर्षकमा पाइन्छ सहुलियत ऋण

काठमाडौ असोज १३, सुखी नेपाली र समृद्ध नेपालको आधार तयार गर्ने लक्ष्य सहित सरकारले मुलुकमा बढ्दोलाइ स्वरोजगारमा रुपान्तरण गर्नका लागि महिलालाई आर्थिक सबलीकरण ,व्यावसायिक कृषिलागयत ७ शीर्षकमा सहुलियत ऋण प्रदान गर्ने भएको छ ।

अर्थ मन्त्रालय सम्वद्धस्रोतका अनुसार गत भाद्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार लक्षित ऋणीलाई व्याज अनुदान दिने र स्वरोजगार बनाउने सरकारको योजना रहेको थाहा भएकोछ ।

प्रस्तुत कार्यविधि अन्रुप व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा रु पाँच करोड शिक्षित युवा स्वरोजगार कर्जा रु ७ लाख र विदेशबाट फर्केका युवालाई रु १० लाख, महिला उद्यमशील कर्जा रु १५ लाख ,दलित समुदाय व्यवसाय विकास कर्जा रु १० लाख, र व्यावसायिक शिक्षा कर्जा रु पाँच लाख, भूकम्पपीडितको निजी आवास निर्माण कर्जा रु तीन लाख प्राप्त गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।