शनिबार, बैशाख २२, २०८१

घुस रकमसहित अमिन मण्डल पक्राउ

काठमाडौं असोज ९, नापी कार्यालय सर्लाही, सेवा केन्द्र हरिवनका कर्मचारी किशुनदेव मण्डललाई रु ९ हजार घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासटोलीले आज मण्डललाइ सेवाग्राहीसँग लिदै गरेको अवस्थामा रङेहात पक्राउ गरेको जनाएको छ ।

आयोगका अनुसार सेवाग्राही १० दिनदेखि जग्गाको कित्ताकाटका लागि धाउँदा पनि अमिन मण्डलले अंशवण्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाका आधारमा अनुसन्धान गर्नेक्रममा मण्डललाई पक्राउ गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।