बुधबार, बैशाख १२, २०८१

मुलुकको औषधीजगतमा एकपछि अर्को वितण्डा , मेडिकल रिप्रेजेन्टेटिभ आफु आवद्ध कम्पनी विरुद्ध विद्रोहको तयारीमा

 पेशानै धरापमा परेको अवस्थामा सेवा सुविधाको विषय गौण : महासचिव आचार्य, औषधि आयातकर्ता संघ 

स्थिती कावु वाहिर गएको खण्डमा मुलुकको प्रचलित श्रम ऐन स्वभाविक रुपमा आकर्षण हुने र यहि ऐनको दायराबाट कारवाही प्रक्रिया अघि बढ्ने विभागका वरिष्ठ औषधी व्यवस्थापक केसीको जनाउ

कम्पनी त्यस कम्पनीको सुपरस्टकिस्ट विरुद्ध श्रम ऐन अनुरुप कारवाही प्रक्रिया सुरु गर्दै त्यस्ता कम्पनीको औषधिलाइ सूचिकृत नगर्न दवाव सिर्जना गर्ने अन्तिम तयारी : महासचिव पाण्डे, नेपाल औषधि तथा तथा बिक्रि प्रतिनिधि संघ

संवाद वार्ताको क्रममा भएको सहमति कार्यान्वयन नभए सुपर र कम्पनी विरुद्र जुनसुकै कदम उठाउँन बाध्य हुने पिडानको चेतावनी

श्रीजन झा/ काठमाडौं असोज १० , वेग्लै किसिमको ग्ल्यामर सहित मुलुकमा विभिन्न् स्वदेशी तथा विदेशी कम्पनीद्दारा उत्पादित तथा वितरित औषधि र डाक्टरवीच सुपर स्टकिस कम्पनीमा आवद्ध हुँदै उत्पादित औषधिको प्रवद्धनका लागि पुलको काम गर्दै आइरहेको मेडिकल रिप्रेजेन्टेटिभ अर्थात् एमआर जमात पछिल्लो समय सेवा सुविधा लगायत कम्पनीको हेपाहा प्रवृतिकारण आन्दोलित मात्र होइन अनेकन समस्याका  कारण प्रताडित बन्दै आइरहेका छन ।  सदैव उज्यालो अनुहार सहित स्फुर्तीका साथ थोरै समयमा आफू आबद्ध कम्पनीले ल्याएको नयाँ औषधि, त्यसको प्रभावकारिता र असरबारे तथ्यगत सूचना दिन प्रत्येक दिन हौसिने ति अनुहारहरुमा आज निन्याउँरोपन देखिन थालेका छन ।  एकातर्फ राज्यले औपचारिक रुपमा एमआर पेशालाइ पेशाका रुपमा स्वीकार नर्गनु अर्कोतर्फ आफू आबद्ध कम्पनीले काम गरेको लामो समयसम्म पनि आफ्नो सेवा सुविधा लगायतका यावत पक्षको सम्बोधन नगर्नुले मेडिकल रिप्रेजेन्टेटिभमा आन्दोलनको मानसिकता सहित आफु आवद्ध कम्पनीमा विद्रोहको मानसिकताले प्रशय पाउँन थालेको हो ।

एमआर पेशालाई व्यवस्थित र मर्यादित बनाउन सरकारले पहल गरिदिए अझै पेशाको मर्यादा बढ्थ्यो भन्ने एमआर जमातको चाहना रहेको छ । तर आजको मितिसम्म त्यसो कुनै कार्य सम्पादन हुन सकेको छैन । त्यस्तै सम्वद्ध औषधि व्यवस्था विभागले भने विदेशी औषधि कम्पनीको सुपर स्टकिस अर्थात आधिकारिक आयात कर्ताकको औषधि सूचिकृत गर्दै त्यसको नियमन गर्नु सिवाय आफुसंग कम्पनीमा कार्यरत एमाआरको गुनासोको सम्बोधन गर्ने कुनै नैतिक अभ्यास नभएको जनाउ दिएका छन । विभागका वरिष्ठ औषधी व्यवस्थापकको जिम्मेवारीमा रहेका सन्तोष  केसीका अनुसार कम्पनीमा कार्यरत एमआर लगायतका सवै खालका कर्मचारीको माग र गुनासो र समस्याको सम्बोधन  भनेको कम्पनी स्वयमले गर्ने हो यदि स्थिती कावु वाहिर गएको खण्डमा मुलुकको प्रचलित श्रमऐन स्वभाविक रुपमा आकर्षण हुने र यहि ऐनको दायराबाट कारवाही प्रक्रिया अघि बढ्ने बताए ।

स्मरण रहोस पछिल्लो समयमा चर्चित औषधि कम्पनीहरु डा रेडिज, गल्फा, टोरेन्ट, एरिस्टो र जेनो नामक विदेशी कम्पनीद्दारा उत्पादित औषधि   सुपर स्टकिस्ट मार्फत विभागमा सूचिकृत भए यहाँ विक्रि वितरण भइरहेका औषधिको प्रवद्धन गर्दै आइरहेका सयौको सख्यामा रहेका नेपाली एमरआरहरु जो कहिले कम्पनीको ताग्रेट पूरा नगरेको नाममा त कहिले यो वा त्यो वहानामा विगत ४ महिना यता देखि यावत सेवा सुविधा बन्चीत हुँदै आइरहेका छन । तर पनि यिनिहरुका माग सम्बोधन गर्न नत कम्पनी औसिएका छन नत सुपरस्टकिस्ट नै । कम्पनीको हेपाहा प्रवृति र सुपरस्टकिस्टको भोलीवादका कारण आफ्नो जिवन गुजारानै धराप परेको एक एमआरले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा   हामीसंग गुनासो गर्दै भने हेयभाव, गाली हाम्रो नियति बनेको छ । नत राज्यले सम्बोधन गर्छ नत कम्पनीलेनै अव विद्रोहको सिवाय हरु विकल्प नभएको बताए ।

नेपाल औषधि  तथा तथा बिक्रि प्रतिनिधि संघ (एन.एम.एस.आर.ए.)का महासचिवअनुप पाण्डेले भने आफ्नो तर्फबाट प्रताडित बन्दै बन्दैआइरहेका त्यस्ता एमआरहरुलाइ संस्थाको तर्फबाट राहत सहित सम्बन्ध कम्पनी र सुपरसंग संस्थागत रुपमा वार्ताको माध्यमबाट कार्यसम्पादन गर्दै आइरहेको र यस क्रमममा गल्फा कम्पनीका सुपरस्टकिससंग वार्ताको माध्यमबाट समस्या सटआउट गरिएको जानकारी दिदै वाताको टेवलमा नआउँने कम्पनी त्यस कम्पनीको सुपरस्टकिस्ट विरुद्ध श्रम ऐन अनुरुप कारवाही प्रक्रिया सुरु गर्दै विभागमा त्यस्ता कम्पनीको औषधीलाइ सूचिकृत नगर्न दवाव सिर्जना गर्ने अन्तिम तयारी भइसकेको बताए ।

यहासम्मकी औषधि कम्पनीको भविष्य निर्धारण गर्ने मेडिकल रिप्रेजेन्टेटिभ मुलुकको श्रम ऐनमा उल्लेख भएको निश्चित समय काम, मनोरञ्जन र आराम जस्ता आधारभूत पक्ष समेत एमआर पेशामा कार्यान्वयनमा आउँन नसकेको अवस्थाकावीच पारिश्रमिक, बीमा सुविधा, निश्चित समयपछि उपदान जस्ता सुविधाबाट समेत बन्चित हुँदै आइरहेका छन । तथापी यसको सम्बोधन गर्ने कुनै गुन्जायस नहुनु थप पिडाको कारण बनेको बताउँदै एरिस्टो कम्पनीमा कार्यरत एक एमआरले बताए ।

तर औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यलाइ मेडिकल रिप्रेजेन्टेटिभको समस्याका सम्बन्धमा जिज्ञासा राख्दा उहाँले सहजै भने यो समस्याको भनेको घर भित्रको समस्या हो, यसको समाधान हामी टेवलमा बसेर गर्न सक्छौं । तर हामीसामु गत भाद्र १बाट राज्यले कार्यान्वयनमा ल्याएको संहितामा उल्लेखभएअनुसार जेनेरिकको नाममा मेडिकल रिप्रेजेन्टेटिभका सेवा सुविधामात्र होइन पेशानै धरापमा परेको बताए । यदि पेशानै धरापमा परेको अवस्थामा सेवा सुविधाको विषय गौण हुन्छ । टाउकोमा तरवार झुण्डिएको अवस्था हो जेनेििरक कुनैपनि वेला खस्न सक्छ । यसअर्थमा यस विषयलाइ किमार्थ नजर अन्दाज गर्न नमिल्ने पक्षतर्फ एनएमएसआर लगायत सरोकारवाला संस्थाको ध्यान जानुपर्ने बताए । साथै उहाँले ऐनको कार्यान्वयनसंगै एमआरको भूमिका निमिट्यान्न हनु बताए ।

त्यस्तै यसैवीच मेडिकल रिप्रेजेन्टेटिभको समस्याका सम्बन्धमा पछिल्लो समय औषधि व्यवसायी जगतका अर्का सरोकारवाला संस्था नेपाल औषधी थोक  व्यवसायी संघले मेडिकल रिप्रेजेन्टेटिभलाइ प्रताडित गरिएको भनेको औषधी कम्पनी डा रेडिजका सुपर स्टकिस्ट रहेको विरगंजस्थित जि फर्मा लिङ्कलाइ पत्राचार गर्दै कम्पनी र मार्केटिङ्ग टिमविच रहेको समस्या समाधानका लागी पहलकदमी लिएको छ । संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाद्दारा हस्ताक्षरित उक्त पत्रमा औषधि जस्तो मर्यादीत र व्यवस्थीत पेशा र व्यवसायमा गलत नजिर स्थापित नर्गन र श्रमिकको श्रमको सम्मान गर्दै सुपरस्टकिस्ट जि फर्मा लिङ्कका तर्फबाट सुरेन्द्र रजित DrRddys lab का तर्फबाट Rsm प्रभात कुमार सिंह र पिडीत एमआरका तर्फबाट अनिल खड्का लगायतकावीच संवाद  गराइएको जिकिर गरिएको छ । त्यस्तै पत्रमा श्रमिकको श्रमको सम्मानका लागि वार्ताको क्रममा भएको सहमति अनुरुप कार्यगत एकता कायम हुन सके   कम्पनी र कम्पनी सँग आवद्घ श्रमीक दुवैको भविष्य उज्ज्वल रहेको जिकिर समेत गरिएको छ ।

त्यस्तै औषधी व्यवस्था विभागलाइ समेत वोर्धाथ दिईएको उक्त पत्रमा  औषधि जगतका कुनैपनि समस्याको सम्बोधन गर्दै यसको गरिमालाइ अक्षुण्ण राख्दै व्यवसाय र व्यवयीको हकहित प्रवद्र्धनका लागि क्रियाशील  नेपाल औषधी थोक  व्यवसायी संघले आन्दोलनको समयमा दुवै पक्षबाट भए गरेको कमी कमजोरीलाइ   सच्याउँन र एमआरको तर्फबाट प्रस्तुत मागको  सम्बोधन गर्न आग्रह  गरिएको छ ।  साथै  पत्रमा उल्लेख भावना र यसवीचमा भएको सहमति कार्यान्वयन नभएको अवस्थामा संघको तर्फबाट सुपर र कम्पनी विरुद्र जुनसुकै कदम उठाउँन बाध्य हुने चेतावनी समेत दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।