शनिबार, बैशाख २२, २०८१

केसी र भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौ असोज ७ प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमबहादुर श्रेष्ठको संयुक्त इजलासले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा का नेता टेकबहादुर केसी र उमा भुजेल थुनामुक्त गर्न आदेश दिएको छ ।

गत वैशाख १ गते काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित एक पसलमा आगजनी गरेको आरोपमा राज्यले नेकपाका नेता केसी र भुजेललाइ पक्राउ गरेका थिए ।

सर्वोच्चद्दारा जारी आदेशमा वस्तुनिष्ठ आधार र कारण बिना नै पक्राउ गरेको देखिएको र अनुसन्धानका क्रममा थुनामा राख्नुपर्ने औचित्यपूर्ण कारण नभएको उल्लेख छ । स्मरण रहोस सर्वोच्च अदालतको थुनामुक्त गर्ने आदेशअनुसार गत भाद्र २२ गते थुनामुक्त भएलगतै पुनःपक्राउ परेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।