बुधबार, बैशाख १२, २०८१

आसन्न वर्ष २०७५ बडादसैंको साइत सार्वजनिक

 काठमाडौ असोज ७, नेपाल पञ्चाङ्ग निर्णायक समितिले वर्ष २०७५ को  आसन्न बडादसैंको साइत सार्वजनिक गरेको छ । सार्वजनिक साइत अनुसार असोज २४ गते नवरात्र आरम्भ हुने र त्य�� दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने पर्ने जनाएको छ।  असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने भएको छ ।

त्यस्तै  असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् वडादसैंको टीका परेको छ । विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ।   कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादसैं समापन हुने समितिद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।