बिहिबार, बैशाख २०, २०८१

स्याङजा काँग्रेसका सभापति पंगेनीको निधन, शोकप्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगन

  काठमाडौं साउन २० ,  नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको ५६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । ह्दय घातका कारण आज बिहान ६।०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचाराको क्रममा क्रममा ६: ३० बजे उहाँको निधन भएको स्याङजा काँग्रेसले जनाएको छ ।

उहाँको श्रीमती, एक छोरा र एक छोरी रहेका छन । यसैवीच प्रतिनिधिसभाको आजकोमा बैठक प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित गर्दै बैठकले उहाँको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण सहित सोमवार सम्मका लागि स्गथनगरिएको छ ।

२०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित हुुनुभए पङ्गेनीको निधनप्रति आजको बैठकमा सभामुख कृष्णबहादुर महराले पङ्गेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

Publish on: Aug 5, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु