शुक्रबार, बैशाख २१, २०८१

सुनवाइ समितिको बैठक निष्कर्षविहिन,जोशीको साटो मिश्रको पक्षमा अर्को सुनवाइ गर्ने मानसिकता बन्दै

  काठमाडौ साउन १६,  सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय गर्न भनेर बसेको संसदीय सुनुवाई विशेष समितिको बैठक विना निष्कर्ष सकिएको छ ।

केहीबेर अघि सकिएको बैठकमा जोशीलाइ प्रन्याको लागि अनुमोदन गर्ने कि नगर्ने भन्ने सवालमा सहमति जुट्न नसकेपछि बैठक निष्कर्ष विहिन भएको हो ।

यद्यपी समितिको अर्को बैठक शुक्रबार बस्ने र त्यस बैठकले प्रस्तुत प्रकरण्मा नितिगत निर्णय गर्ने बताईएपनि सम्वद्ध स्रोतका अनुसार सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश जोशीको साटो ओमप्रकाश मिश्रको पक्षमा अर्को सुनवाइ गर्ने मानसिकता बनेको बताइन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।