शुक्रबार, बैशाख २१, २०८१

सञ्चारकर्मी र सञ्चारमाध्यममा फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन महासंघको माग

  काठमाडौ साउन १६,  नेपाल पत्रकार महासंघको आज बसेको उपलब्ध केन्द्रीय समितिको बैठकले आगामी भदौ १ गतेबाट लागूहुने फौजदारी संहिताको कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र त्यसको विश्वव्यापी मूल्य–मान्यतामाथि आघात पुग्नसक्ने अवस्था देखिएको भन्दै सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि उक्त फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन सरकारसंग माग गरेको छ ।

 त्यस्तै बैठकले प्रकाशित/ प्रसारित समाचारलाई लिएर विद्युतीय कारोबार ऐनअन्तर्गत सञ्चारकर्मी र सञ्चारमाध्यममाथि कानूनी कारबाही बढ्दो रहेको र आस्थाको आधारमा सरकारी सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई बिनाकारण एकपक्षीय रुपमा निष्काशन गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जिकिर गर्दै आस्थाको आधारमा सञ्चाकर्मी माथि विभेद नगर्न माग गरेको छ ।

साथै गण्डकी प्रदेश समितिले चौधरी ग्रुपसंग सहयोग माग गरि दिएको निवेदनमाथि आफुखुसी तोक लगाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्यले महासंघको इज्जतप्रतिष्ठा माथि गम्भीर क्षति पु¥याएकोले आगामी दिनमा त्यस्ता गैरजिम्मेवार कार्य नर्गन सचेत गराएको छ । त्यस्तै महासंघले सरकारलाई मिति २०७४/५/२३ मा सञ्चारमाध्यम र सञ्चारकर्मीका समस्या, समाधान र हकहितलाई लिएर बुझाएको माग पुरा गर्न तत्काल आवश्यक कदम चाल्न आव्हान गर्दै महासंघको चौथो पूर्ण बैठक आगामी साउन २३ र २४ गते प्रदेश नं ५ को लुम्बिनीमा बस्ने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।