बिहिबार, बैशाख २०, २०८१

संस्कृतिविद् जोशीले भने- अभिभावकले सन्तानमा आफ्ना इच्छाहरु लाद्न हुन्न

  •  शरण ज्यापु हरि

 ललितपुर श्रावण २०, संस्कृतिविद् सत्यमोहन जोशीले अभिभावकले सन्तानमा आफ्ना इच्छाहरु लाद्न नहुने बताउँदै आफ्ना इच्छामा बालबालिकालाई स्वतन्त्र छोडिदिए उनीहरुमा लुकेको प्रतिभा प्रष्फुटन हुने बताउनुभएको छ ।   शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमका वीच ११ वर्षीया नन्दिता वैद्यको एकल गिती एल्बम “नन्दिता गुनगुन” र सोहि एल्वमको एउटा गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गर्दै उहाँले प्रस्तुत अभिव्यक्ति दिनु भएको हो ।

त्यसैगरी कार्यक्रममा प्रिमियर इन्टरनेशनल स्कूलकी संस्थापक निर्देशक पवित्रा लिम्बुले कलाकारले तालीको अपेक्षामात्र नगरी गाली पनि सहर्ष स्वीकार्न सक्नुपर्ने धारणा राख्दै कलाकार ताली पाउने आशामा होइन, मनलाई खुसी बनाउन कला क्षेत्रमा लाग्नुपर्ने बताए ।

म्यूजिक नेपाल प्रा.लि.का प्रवन्ध निर्देशक सन्तोष शर्माले विकसित प्रविधीले संसारलाई सानो बनाइसकेको बताउँदै प्रविधीसँगै कला र कलाकारको क्षेत्र पनि व्यापक बनेको विचार राख्दै नेपाली गीतसंगीतलाई क्षणभरमै संसारभरि फैलाउन सकिने अवस्थामा प्रविधीको सहि सदुपयोग गर्दै यसबाट लाभ लिनुपर्नेमा जोड दिनुभएको उक्त कार्यक्रममा नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवनदास श्रेष्ठले नन्दिताको कला र गायनको प्रशंसा गर्दै सफलताको शुभकामना दिनुभएको थियो ।

विमोचित एल्वम ‘नन्दिता गुनगुन’मा पाँचवाट बालगीतहरु समाविष्ट छन् । एल्वमका गीतहरुको रचना गणेशराज वैद्य ‘अपार’, चतुर्भुज केवरत, गुरुदेव कामत, उत्तम थापा मगर, डि.पि. खनालले गर्नुभएको छ भने संगीत गुरुदेव कामत र उत्तम थापा मगरले दिनुभएको छ । एल्वमलाई म्यूजिक नेपालले बजारमा ल्याएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु