बिहिबार, बैशाख २०, २०८१

म.प बैठक: मौलिक हकसम्बन्धी ३ विधेयक सदनमा प्रस्तुत गरिने

अर्थशास्त्री डा डिल्लीराज खनालको अध्यक्षतमा ५ सदस्यीय सार्वजनिक खर्च पुनरावलोकन आयोग  गठन

काठमाडौ भाद्र ३ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मौलिक हकसँग स्म्बन्धित ३ वटा विधेयक क्रमस ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक २०७५ र ‘भूसासम्बन्धी विधेयक(सातौँ संशोधन), २०७५’  सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको छ ।

यस्तै आजको बैठकले नेपाली सेनाका बलाधिकृतरथी पूर्णचन्द्र थापालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बैठकपछि जानकारी दिनु भएको छ ।
त्यस्तै उहाँले अर्थशास्त्री डा डिल्लीराज खनालको अध्यक्षतमा ५ सदस्यीय सार्वजनिक खर्च पुनरावलोकन आयोगको गठन गर्ने र पञ्चेश्वर विकास प्राधिकरणमा नेपालका तर्फबाट अतिरिक्त कार्यकारी अधिकृतमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतलाई काज खटाउने निर्णय भएको जानकारी दिनु भएको छ ।

त्यस्तै आजको बैठकले भदौ १४ र १५ गते राजधानीमा सम्पन्न हुँने बिम्स्टेकको चौथो शिखर सम्मेलनको क्रममा ग्रीड इन्टरकनेक्सनसम्बन्धी समझदारीपत्रमा नेपालका तर्फबाट हस्ताक्षर गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई अख्तियारी दिइएको जानकारी सहित सरकारले विश्व बैकको अन्तर्राष्ट्रिय विकास संस्था(आइडिए) बाट एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार आयोजनाका लागि रु एक अर्ब ६४ करोड स्वीकार गर्ने निर्णय भएको बताउँनु भएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु