शनिबार, बैशाख २२, २०८१

बलाधिकृत रथी थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण

काठमाडौ साउन २४,  नेपाली सेनामा अवकाश प्राप्त गर्नु एक महिनाअगावै बिदा बस्ने प्रचलित परम्पराअनुसार प्रधानसेनापति राजेन्द्र क्षत्री शुक्रबारदेखि बिदामा बस्नुहुने भएको छ । यसअघि नेपाली सेनाको मुख्यालमा आयोजित कार्यक्रममा प्रधानसेनापति क्षत्रीले कामु प्रधानसेनापतिको कार्यभार बलाधिकृतरथी पूर्णचन्द्र थापालाई आज हस्तान्तरण गर्नुभएको थियो ।

उमेर हद अनुसार प्रभान सेनापति क्षत्रीको आगामी भाद्र २४ गतेदेखि पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्नुहुने भएको छ ।
त्यस्तै गत साउन १० गतेको मन्त्रिपरिषद्को बैठकले शुक्रबारदेखि लागु हुने गरी प्रधानसेनापतिमा कामु मुकर्रर गर्ने नितिगत निर्णय गरेको थियो ।  त्यस्तैगरि सैनिक जनसम्पर्क निर्देशनालयले आजै यसअघितराई÷मधेश दु्रतमार्ग आयोजना कार्यान्वयनका लागि गठित निर्देशक समितिको अध्यक्षको सम्पूर्ण कार्यभार पनि बलाध्यक्ष रथी हेमन्तराज कुँवरलाई आजकै मितिदेखि हस्तान्तरण गर्नेे कार्य समेत सम्पन्न भएको जनाएको छ ।

 फोटो :नेपाली सेनाको वेवपेज

Publish on: Aug 9, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।