शनिबार, बैशाख २२, २०८१

बंगलादेशी फोटो पत्रकार शाहिदुल आलमलाई निर्शत रिहाई गर्न माग

काठमाडौं साउन २४,  बंगलादेशमा   सत्तारुढ दलको अवामी लिगको विद्यार्थी संगठनले गरेको विरोध प्रदर्शनको क्रममा वरिष्ठ फोटो पत्रकार शाहिदुल आलमलाई प्रकाउ गरेको विरोधमा काठमाडौंमा फोटो पत्रकारहरुले प्रदर्शन गरेका छन् ।  प्रदर्शनको क्रममा फोटो पत्रकारहरुले   सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेको र अन्तवार्ता दिएकै कारण पत्रकारलाई गिरफ्तार गर्नु भनेको प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार भएको बताउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न बंगलादेश सरकारलाई आग्रह गर्दै प्रेस स्वतन्त्रता विरोधी सबै खालका क्रियाकलाप बन्द गरि   आलमलाई निशर्त र यथाशिघ्र रिहाई गर्दै   प्रेस तथा अभिब्यक्ती स्वतन्त्रताको ग्यारेन्टी गर्न समेत माग गरेका  छन ।

 बंगलादेशमा जारी विधार्थी  आन्दोलनको विषयवस्तुमाथि केन्द्रीत हुँदै फोटो पत्रकारको सुरक्षाका विषयमा   शाहिदुलले अन्तराष्ट्रिय संचारमाध्यममा अन्तर्वार्ता दिएको आरोपमा बंगलादेशी सरकारले गत आइतबार उनलाई घरबाटै पक्राउ गरेको  हो । 

त्यस्तै धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल फोटोपत्रकार महासंघका महासचिब हरी रेग्मीले ,फोटो पत्रकार क्लबका अध्यक्ष बिकास कार्की  त्यसैगरि   वरिष्ठ फोटो पत्रकार बिकास रौनियार   लगायतले   आलमको प्रकाउ सिङगो फोटोपत्रकारिता जगतमाथिको   आक्रमण भएको बताउँदै उनलाइ   निर्शत रिहाई गरी प्रेस तथा अभिब्यक्ति स्बतन्त्रताको सम्मान गर्न बंगलादेशी सरकारलाई  आग्रह गरेका थिए ।

Publish on: Aug 9, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।