शनिबार, बैशाख २२, २०८१

इको टुरिजमको लागि नेपाल महत्वपूर्ण नमुना गन्तव्यः विज्ञहरू

 काठमाडौ भाद्र १५  ,  अन्तर्राष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम् (पर्या–पर्यटन)का लागि विश्वकै नमुना गन्तव्य भएको भन्दै सही ढंगले प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक प्रबद्र्धनबिना नै नेपाल आउने बताएका छन् । राजधानीको मण्डिखाटारस्थित गेट कलेजमा सञ्चालित ‘कमर्सियल कुकरी–थ्री’ को दीक्षान्त समारोहमा विज्ञहरूले यहाँको पर्यटन विकासका लागि दक्ष जनशक्तिको अभावलाई पहिलो सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथिका अष्ट्रेलियाका राजदूत पिटर बडले नेपाल सरकारमा पर्यटन विकासप्रतिको अत्यन्त सकारात्मक सोच भइरहेको अवस्थामा नेपालीहरुले आफ्नै देशमा बसेर अष्ट्रेलियाको सरकारी मान्यताप्राप्त शिक्षा आर्जन गर्न सफल विद्यार्थीलाई बधाइ दिँदैे नेपाल र अष्ट्रेलियाबीच सरकारबीचको सम्बन्धजस्तै जनस्तरको सम्बन्ध अझ दरिलो बनाउन यस्ता शैक्षिक कार्यक्रमले थप योगदान पु¥याउने धारणा राख्नु भयो ।
राजदूत बडले हाल अष्ट्रेलियामा ३० हजारभन्दा बढी नेपाली विद्यार्थीले अध्ययन गरिरहेको तथ्य उजगार गर्दै नेपालमै यस प्रकारको सीपमूलक अन्तर्राष्ट्रिय मान्यताप्राप्त व्यावसायिक तालिम कार्यक्रम सञ्चालनका लागि गेट कलेजले गरेको पहलको सह्राहना गर्नुभयो । त्यस्तै न्फोेर्ड युनिभर्सिटीका वरिष्ठ इन्जिनियर एलेक्स नूड्काभिचले नेपाल इको टुरिजम्को नमुना गन्तव्य हुनसक्ने बताउनु भएको उक्त कार्यक्रममा       याक एन्ड यति होटलका महाप्रबन्धक मोनिका साइब्लर ,गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईं  लगायतका वक्ताले वोल्नुभएको थियो  ।