शनिबार, बैशाख २२, २०८१

आज विश्व संस्कृत दिवस मनाईदै

 काठमाडौं भाद्र १०, विश्वभाषा क्याम्पसमा आइतबार विश्व संस्कृत दिवस मनाईने भएको छ । जरोकिलो प्रतिष्ठान नेपाल, त्रि.वि.वि संस्कृत केन्द्रीय विभाग, संस्कृत विभाग विश्वभाषा क्याम्पस, दर्शनशास्त्र विभाग त्रिचन्द्र क्याम्पसकोे र सहृदयता समाज नेपालको आयोजनामा जनैपूर्णिमाको अवसरमा “विश्व संस्कृत दिवस मनाइदैछ ।

५हजार वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषामा लाखौं पुस्तकहरु लेखिएका छन् । संस्कृत भाषाको महत्वलाई जैन, बौद्ध आदि धार्मिक समुदायले पनि आफ्नो मूलाधारमा स्वीकार गदै आम नेपालीहरुवीच संस्कृतले सांस्कृतिक एकताको काम गरेको परिप्रेक्षमा संस्कृत भाषाको वस्तुगत महत्वलाई जन समक्ष पु-याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, वौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीहरुलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन “विश्व संस्कृत दिवस” मनाउने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि भारतीय दुतावासका प्रा.डा. केदारनाथ शर्मा रहनुहुनेछ । यसैगरी, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुल प्रसाद कोइराला प्रमुख अतिथि रहनेछन् । संस्कृत दिवसको अवसरमा नेपालका प्रतिष्ठित विद्वानहरुको उपस्थिति हुने र संस्कृत विषय र भाषालाई अझै जीवन उपयोगी, व्यवहारिक बनाउन के–कस्तो गर्नुपर्छ भन्ने संदर्भमा चर्चा–परिचर्चा गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।