शुक्रबार, बैशाख २१, २०८१

सरकारले उपकुलपतिमाथि अपहरणको शैलीमा गरेको व्यवहारको सर्वत्र निन्दा

  काठमाडौ असार २४,   सरकारले अपहरणको शैलीमानेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालालाई गरिएको दुव्र्यवहारको भत्सर्ना गर्दै सरकारको प्रस्तुत अराजक शैलीको निन्दा गरेको छ ।  पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा क्यानाडामा हुन लागेको १७ औँ विश्व संस्कृत सम्मेलन र नेपालको प्रतिनिधित्वको महत्व सरकारले बुझ्न नसकेको यो घटनाले एकातर्फ सरकारको अनुदार चरित्रलाई थप प्रष्ट्याएको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय मञ्चमा देशको छविलाई समेत असर पु¥याएको छ उल्लेख गरिएको छ ।

यसैवीच संस्कृत विश्वविद्यालय प्राध्यापक संघले पनि १७ औँ विश्व संस्कृत सम्मेलनमा भाग लिन जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘बोर्डिङ पास’ समेत लिइसकेको अवस्थामा प्रा डा कुलप्रसाद कोइरालालाइ गरिएको दुव्र्यवहारको निन्दा गरेको छ । संघका सभापति डा नवराज कट्टेलले जारी जारी गर्नु भएको उक्त विज्ञप्तिमा सरकारले यो रवैया प्राज्ञिक संस्थाका उपकुलपति जस्तो गरिमामय पदमा रहेका व्यक्तिमाथि गरेको व्यवाहर लोकतन्त्र र मानवअधिकार विरोधी भएको उल्लेख गरिएको छ । त्यस्तै आज दिन भर यत्र तत्र सर्वत्र नागरिक समाजले समेत प्रस्तुत घटनाको निन्दा गर्दै सरकारको रवैयाको विरोध गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।