शुक्रबार, बैशाख २१, २०८१

कृष्णप्रसादका हत्यारा छविलाल अदालतमा , आजै कारागार चलान

 काठमाडौ असार २४ ,  २०६१ जेठ २४ गते गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा दोषी ठहरिएका छविलाल पौडेल आज आफैँ आत्मसर्मण गर्दै अदालतमा उपस्थित भएका छन् ।

सर्वोच्च अदालतमा उपस्थित भएपछि अदालतले आजै पौडेललाई डिल्लीबजार कारागार चलान गरेको छ । स्मरण रहोस आफ्ना छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै आमा गंगामाया अधिकारी लामो समयदेखि पटकपटक आमरण अनशनमा बस्दै आउनुभएको छ भने बाबु नन्दप्रसाद अधिकारीले अनशनका क्रममा २०७१ असोज ६ मा मृत्यु भइसेको छ ।

कृष्णप्रसाद अधिकारीको हत्याका अभियोगमा सर्वोच्च अदालतले २०७२ पुस ६ गते पौडेललाई दोषी ठहर गरी थुनामा राख्ने फैसला सुनाएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।