बिहिबार, बैशाख २०, २०८१

बाढीपहिरो पीडितको लागि तत्काल उद्धार र राहत कार्यलाई प्रभावकारी कार्यान्वयन गर्न काँग्रेसको आग्रह

  काठमाडौ असार १९, नेपाली काँग्रेसले अविरल वर्षाका कारण कैलाली, बाँके, सिन्धुली, रोल्पा, चितवन, पर्सा, महोत्तरी, सुनसरी लगायतका जिल्लामा  विभिन्न भागमा गएको बाढीपहिरो र यसबाट पीडित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ ।  काँग्रेसले आज एक विज्ञप्ति जारी गर्दै प्राकृतिकविपतको यस घडीमा पीडित परिवारलाई तत्काल खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोवासको यथाशीघ्र उचित प्रबन्ध गर्न आग्रह गरेको हो ।

त्यस्तै विज्ञप्तिमा बाढी र पहिरोमा परी जीवन गुमाएका सम्पूर्ण नागरिकमा श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुको अलावा घटनामा घाइते हुनेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

साथै बाढी, पहिरो र डुबानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसालगायतका भौतिक पूर्वाधारको यथाशीघ्र पुनःनिर्माणका लागि समेत सरकारको ध्यानाकर्षण गराउँदै खेतीयोग्य जमिन डुबानमा परेको, पहिरो र डुबानका कारण सडक यातायात अवरुद्ध भएको घटनाप्रति दुःख व्यक्त गरिएको छ ।  त्यस्तै काँग्रेसले पहिरो एवं डुबानमा पर्नसक्ने थप जोखिम क्षेत्रको पहिचान गरी त्यस क्षेत्रबाट अन्य सुरक्षित स्थानमा मानिसलाई स्थानान्तरण गर्दै बाढी र पहिरो प्रभावित सम्बन्धित जिल्लाका काँग्रेस पदाधिकारी भ्रातृ संगठन एवं शुभेच्छुक संस्थाका नेता तथा कार्यकर्तालाई परिचालन गरी उद्धार, राहत र उचित बसोवासको व्यवस्था मिलाउन समेत निर्देशन समेत दिइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु