शुक्रबार, बैशाख २१, २०८१

पूर्व राज्यमन्त्री आलमको निधनमा शोक प्रस्ताव पारित

 काठमाडौ असार ३१,  प्रतिनिधिसभाको आज बसेको बैठकमा संविधानसभाका पूर्व सदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव पढेर सुनाउनुभएको थियो । साथै, स्व आलमको निधनमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्व राज्यमन्त्री आलमको ५३ वर्षको उमेरमा असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो ।  आलम २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट रौतहट क्षेत्र नं २ बाट संविधानसभाको सदस्यमा निर्वाचित हुनुहुन्थ्यो । प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार अपराह्न १ः०० बजे बस्नेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।