शुक्रबार, बैशाख २१, २०८१

अविरल वर्षासंगै पहाडी जिल्लामा बाढीको खतरा बढ्दो: पूर्वानुमान महाशाखा

 काठमाडौं असार ३१,  मौसम विज्ञान विभागद्दारा आज एक विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारण पहाडी जिल्लामा बाढीको सम्भावना बढ्दो रहेको जनाउँदै सचेत हुन आग्रह गरेको छ ।

  विभागको बाढी पूर्वानुमान महाशाखाद्दारा जारी उक्त विज्ञप्तिमा जारी गर्दै पहाडी जिल्लाका क्रमस दोलखा, रसुवा, धादिङ, गोरखा, सुर्खेत, रोल्पा, दार्चुला लगायतका केही जिल्लाका स–साना नदीमा बाट बग्ने नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेकाले नदी किनार र आसपासका बस्तीमा सजक यस्तो आग्रह गरेको हो ।

 त्यस्तै सोमबार र मंगलबार पहाडी क्षेत्रमा तिव्र वर्षाको सम्भावना रहेको र वर्षासंगै नदीको बहाव उच्च नै हुने हुँदा नदी तटिय क्षेत्रमा सतर्कता अपनाइराख्न शाखाले आग्रह गरेको छ ।  यसैवीच देशको पश्चिमभेग र पूर्वका पहाडी भेग र पूर्वी तराईका एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।