बिहिबार, बैशाख २०, २०८१

नेविसंघद्वारा निषेधित क्षेत्रविरुद्ध माइतीघरमा प्रदर्शन, सरकार अधिनायकवादतर्फ उन्मुख भएको नेता पौडेलको आरोप

 काठमाडौ असार २० ,  गृह प्रशासन सुधार कार्य योजना अनुसार सरकारको आदेशानुसार  आगामी साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्नुपर्ने आदेशको कार्यान्वयन विरुद्ध आज काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा माइतीघर मण्डलामा विरोधमा प्रदर्शन गरिएको छ ।   नेता पौडेलको नेतृत्वमा विद्यार्थीहरुको समूहले सरकारको प्रस्तुत रवैया निकुस प्रवृतिको उपज भएको जनाउ दिदै निषेधित क्षेत्र तोड्ने चेतावनी सहित विरोधमा प्रदर्शन गरेको हो । 

प्रदर्शनको  क्रममा  प्रहरीको व्यापक उपस्थितीका वाजजुद पनी सफलतापूर्वक सम्पन्न भएको प्रदर्शन पछि आयोजित क्षेत्रमा विरोधसभालाइ सम्बोधन गर्दै नेता पौडेलले शान्तिसुरक्षा र अमनचैनको नाममा शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने संविधानप्रदत्त जनताको अधिकारको ठाडो उल्लंघन गर्दै राजधानीका माइतीघर मण्डलालगायतका स्थानललाइ निषेधित क्षेत्र तोकिएकोमा आक्रोश व्यक्त गर्दै सरकारको प्रस्तुत निर्णय मान्य नभएको बताए । 

साथै उहाँले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै सरकारको ज्यादतीविरुद्ध काँग्रेसले देशव्यापी संघर्ष गर्ने चेतावनी दिनु भएको छ । त्यस्तै नेविसंघ महामन्त्री कुन्दन काफ्लेले सभामा सरकारको अधिनायवादी चरित्र विरुद्ध सशक्त आन्दोलनमा उत्रनुको विकल्प नभएको बताउँदै भएको थियो । सभा सञ्चलन हुँदै गर्दाको पछिल्लो समयमा भएको प्रहरी धरपकड भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।