बिहिबार, बैशाख २०, २०८१

डा.केसीको माग जस्ताको त्यस्तै सम्बोधन हुँदैन : नेकपा नेता गुरुङ

 भक्तपुर असार २६, नेकपाका प्रमुख सचेतक देव गुरुङले गोबिन्द केसीले उठाएको मागहरु हुबहु सम्बोधन गर्नुपर्छ भन्ने भनाई गलत भएको बताउनु भएको छ ।   रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले केही मागहरु जायज भएता पनि मागका बारे केसीले भने जस्तो जस्ताको त्यस्तै सम्बोधन नहुने भन्दै यसलाई जनताको सर्वोच्च निकाय संसद्ले सम्बोधन गर्ने बताउनुभएको हो ।
त्यस्तै उहाँले चिकित्सा बिधेकका बारे जुम्लामा अनसनरत गोबिन्द केसीको स्वास्थ्य उपचार सरकारले काठमाडौं ल्याएर गर्न तत्पर रहेता पनि केसीले नै नमानेको र उहाँको स्वास्थ्यका बिषयमा सरकार पनि गम्भीर रहेको बताउँदै   जनताले बिरोध गर्ने अधिकार मौलिक हक अन्र्तगत रहेपनि बिरोध गर्ने निश्चि स्थान तोक्नु सरकारको अधिकारको बिषय भएको जनाउ दिदै निश्चित स्थान तोक्दैमा सरकालाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएको उहाँको जिकिर रहेको थियो । त्यस्तै उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्विकृति बिना नै भएको देखिएको र बिधिअनुरुप नभएकाले यस्तो अवस्था श्रृजना भएको भन्दै नेता गुरुले कोइरालाले बिना स्विकृति बिदेश भ्रमणमा जान लागेकाले रोक लगाएको बताए ।

 पेट्रोलियम पदार्थमा नेपालको पहुँच नभएको कारण छिमेकी देशसँग आत्मनिर्भर हुनुपर्ने बाध्यता रहेकाले नेपालको बजारमा मूल्य वृद्धि नियन्त्रण गर्न कठिनाइ हुने गरेको उहाँले बताउनुभयो । उहाँले सरकारले दक्षिणतर्फ मात्र नभएर उत्तरतर्फबाट समेत इन्धन खरीदको प्रक्रिया अघि बढाउनुपर्नेमा उहाँको जोड थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु