शुक्रबार, बैशाख २१, २०८१

काँग्रेसले ३६ औ बिपी स्मृति दिवस विशेष रुपमा मनाउँने

 काठमाडौ साउन ४,  काँग्रेसले आफ्ना संस्थापक नेता बिपी कोइरालाको निधन भएको दिन अर्थात साउन ६ गते विविध रचनात्मक कार्यक्रम गरी नेताप्रति श्रद्धासुमन व्यक्त गर्ने भएको छ । विसं १९७१ भदौ २४ गते भारतको बनारसमा जन्मनुभएको कोइरालाको विसं २०३९ मा काठमाडौँमा निधन भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय नेताहरुको उपस्थितिमा साउन ६ गतेका दिन बिहान पार्टी केन्द्रीय कार्यालयमा ३६औँ बिपी स्मृति दिवस मनाइने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।

 त्यस्तै सबै जिल्ला, क्षेत्र, नगर, गाउँ, वडा तहसम्म र विदेशस्थित जनसम्पर्क समितिलाई वृक्षरोपण/रक्तदान/सभा/-याली/प्रशिक्षण लगायत कार्यक्रम गरी बिपी स्मृति दिवस मनाउन परिपत्र गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।पार्टी  काँग्रेसले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।