बिहिबार, बैशाख २०, २०८१

काँग्रेसका शिर्ष नेताद्दयको मिलनसंगै काँग्रेस वृतमा एकताको सञ्चार

काठमाडौ असार १९, गुटगत राजनितीमा रूमलिएको काँग्रेस वृतमा पछिल्लो समय एकताको सञ्चार प्रयास सुरु भएको छ । मुलुकमा सम्पन्न तीन तहको निर्वाचनमा लज्जास्पद पराजयको सामनापछि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चुलिदैआएको कटाक्षका कारण दिनानुदिन कमजोर बन्दै आएको अवस्थाकावीच हालै हेटौडामा सम्पन्न जिल्ला सभापतिको भेलापछि बढ्दो कार्यकर्ताको दवाव लगायतका यावत पक्षलाइ आत्मासात गर्दै आज शिर्ष नेता द्दयवीच भएको भेटवार्ताले कार्यकर्ता वृतमा नयाँ उमंगको सञ्चार गरेको छ ।

त्यस्तै सभापति देउवाले आज वरिष्ठ नेता पौडेल लगायतका नेताहरुलाई आमन्त्रण गरि गर्नुभएको भेटवार्ताले कार्यकर्तावृतमा dfq नभइ आम काँग्रेसका हुभचिन्तकमा तिव्र उत्साह देखिएको हो ।  बैठकमा सहभागी एक नेताहरुका अनुसार आजको शिर्ष नेताद्दयको भेटवार्ताको क्रममा विगतलाइ छोडी आगतमा नयाँ शिराबाट अगाडि बढेने पक्षमा एक्मत हुनु त्यस्तै अवका दिनमा संस्थागतरुपमा सवै विषयलाइ सम्बोधन गर्दै पार्टी सुदृढीकरणको दिशामा अग्रसर हुने सवालमा महत्वपूर्ण छलफल भएको थाहा भएको छ ।

त्यस्तै चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशनरत प्राडा गोविन्द केसीको माग र पछिल्लो समय सरकारले तोकेको निषेधाज्ञाको सवाल लगायत समग्रमा वाम सरकारले दुइ तिहाइको दम्भ सहित प्रदर्शन गर्दै आएको रवैया विरुद्ध काँग्रेसल आफ्नो आवाज मुखरित गर्ने भएको छ ।  त्यस्तै पार्टीलाइ कुनैपनि गुटको ग्रहणबाट मुक्त गर्दै एकढिक्का बनाउँदै अगाडि बढ्ने विषयमा सबै नेताहरु एकमत भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भएको छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्धय डा। शशांक कोइराला र पूर्णबहादुर खड्का  बैठकमा विजयकुमार गच्छादार, विमलेन्द्र निधी, प्रकाशशरण महत, कोषाध्यक्ष सितादेवी यादव, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुननरसिंह केसी, डा.रामशशरण महत, मिनेन्द्र रिजाल, बालकृष्ण खाँड र विश्वप्रकाश शर्माको लगायतको उपस्थिती थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु