सोमवार, जेष्ठ ७, २०८१

इमान्दारिता भएमा थोरै पैसाले धेरै काम गर्न सकिने: न्यायाधिस आचार्य

बीरगञ्ज साउन ५ ,वीरगंजस्थित उच्चादालतका न्यायाधिस बासुदेव आचार्यले इमान्दारीता र पारदर्शिता भएमा थोरै पैसाले धेरै काम गर्न सकिने बताउनु भएको छ ।  पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका ४ स्थित मोर टोलमा रहेको जय दुर्गे दलित प्राथमिक विद्यालयमा शुक्रवार एक कार्यक्रमकावीच अमेरिकाको हवाई स्थित स्नेह संस्थाद्वारा आयोजित डेस्क, वेञ्च, फर्निचर तथा शौचालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै न्यायधिश आचार्यले निस्वार्थ सेवा र इमान्दारिता अहिले समाजमा हराउदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले सबै मिलेर समाजमा पछाडी परेका वर्गको उत्थान गर्नु पर्ने कुरामा जोड दिदै अमेरिकामा बसेका नेपालीहरुले पर्साका दलित बालबालिकालाई पठन पाठनका लागि गरेको सहयोग अवस्मरणिय रहेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले अमेरिकामा बस्ने नेपालीले पर्साका बाढी पिडित र दलित विद्यार्थीलाई गरेको सहयोग प्रशंसा योग्य रहेको बताउदै साहले दलित बस्तीमा रहेको विद्यालयलाई आगामी दिनमा रेडियो वीरगंजले ठोस सहयोग पुर्याउने जनाउ दिनु भएको छ ।

कार्यक्रममा स्नेह नेपालका प्रतिनिधि चेत नारायण पौडेल, समाजसेवी राजकुमार यादव जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक मान बहादुर राई, नेपाल संघिय समाजवादी पार्टी पर्साका अध्यक्ष हरेन्द्र साह, जय दुर्गे दलित प्राविका प्रधानाध्यापक रंजित यादव, राज कुमार साह लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।