सोमवार, जेष्ठ ७, २०८१

लायन्सको गरिमा अभिवृद्धिकालागि योगदान गर्ने डिस्ट्रीक गभर्नर प्रधानाङगको अठोट

जिम्मेवारी ,उत्तरदायि र जवाफदेहिताका लागि लायन्स पदाधिकारीलाइ प्रशिक्षण,  मृगौला रोगी रम्टेललाइ ४ लाख सहयोग 

काठमाडौ साउन ५,   लायन्स क्लब इन्टरनेशनल (३२५ ए टु) अन्र्तगत रहेका २ सय भन्दा बढि क्लवका पदाधिकारीरुलाइ आज राजधानीमा आयोजित एक विशेष कार्यक्रमकावीच पदाधिकारीको काम कर्तव्य र अधिकारका सवालमा प्रशिक्षित गरिएको छ ।  प्रस्तुत कार्यक्रममा (३२५ ए टु) अन्र्तगत आज लायन्स क्लब अफ काठमाडौं डिस्ट्रीक आवद्ध विभिन्न २ सय कल्व मध्ये करिव एकसय वटा क्लवका अध्यक्ष, सचिव, कोषाध्यक्ष फस्ट पिपि लगायतका पदाधिकारीहरुलाइ प्रशिक्षण दिईएको थियो भने बाँकी क्लवका अधिकारीहरुका लागि अर्को प्रशिक्षण कार्यक्रमको आयोजना गरिने जानकारी दिईएको छ ।   कार्यक्रमको शुभारम्भ सत्रमा सहभागी विज्ञ वक्ताहरुले कार्यक्रमको आवश्यकता, महत्व र औचित्यमाथि प्रकाश पार्दै लायन्स क्लब इन्टरनेशनललाइ समाजमा थप विस्तारित गर्न जरुरी रहेको बताउँदै त्यसका लागि क्लव पदाभिकारीहरुले खेल्नुपर्ने भूमिकाका सवालमा प्रशिक्षित गराईएको थियो ।

(लायन्स क्लब इन्टरनेशनल ३२५ ए टु का डिस्ट्रीकको गभर्नर प्रधानाङग)

सन् १९१७ मा सिकागोका विमा व्यवसायी मेल्भीन जोन्सले प्रथम विश्वयुद्धमा परेका मानिसहरूको सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको लायन्स क्लब इन्टरनेशनल अहिले २१२ वटा मुलुकमा स्थापना भइसकेको छ । विश्वभर यसको सदस्य सख्या १४ लाख पुगिसकेको छ । नेपालको प्रसंगमा भने सन् १९७१ नेपालमा पूर्व प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाको अगुवाईमा पुर्वी नेपालको विराटनगरबाट यसको सुरुवात गर्नु भएको हो । अहिले नेपालमा लायन्स क्लब इन्टरनेशनअन्र्तगत ८सय पचास भन्दा बढी क्लब क्रियाशील रहनुको अलावा क्लव आवद्ध ३० हजार भन्दा बढी सदस्यहरू सक्रियरुपमा चलायमान रहेको थाहा भएको छ ।

यसैवीच केहि समयअघिमात्र लायन्स क्लब इन्टरनेशनल (३२५ ए टु) कों डिस्ट्रीकको गभर्नरमा निर्वाचित हुँदै नयाँ जिम्मेवारी सम्हाल्दै गर्नु भएका डिस्ट्रीक गभर्नर शुदर्शनधर प्रधानाङगसंग गरेको संक्षिप्त संवादको क्रममा उहाँले आफ्नो कार्यकालमा लायन्सको मुलभुत लक्ष्य अनुरुप मानवता पहिलो भन्ने नारा सहित समाजमा लायन्स क्लवलाइ विगतका समयमा जस्तै स्थापित गर्दै समूदायमा आधारित मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउँनु भएको छ । त्यस्तै उहाँले आफ्नो कार्यकालमा मुलुकमा बढ्दो रक्ताभावको समस्यालाइ दृष्टिगत गर्दै लायन्स क्लव यसका सदस्यहरुबाट करिव ५ हजार पिण्ट रगत रेडक्रस लगायतका सरोकारवाला निकायलाइ उपलब्ध गराउने लक्ष्य निर्धारण गर्नुको साथै डायविटिज, वातावरण र भोकमरीको सवालमा समेत विश्वमा ८ करोड मान्छे हरेक दिन भोकै सुत्छ भन्ने प्राप्त आंकडालाइ मध्ये नजर गर्दै आफ्नो कार्यकालमा करिव १० हजार मानिसलाइ एक छाक खाना खुवाउँने योजना रहेको बताउनु भएको छ । त्यस्तैगरि डिस्ट्रीक आवद्ध क्वलका पदाधिकारीहरुलाइ पनि यि र यस्तै रचनात्मक क्रियाकलापमा सक्रिय गराउँदै क्लवको सञ्चालन जिम्मेवारी उत्तरदायि र जवाफदेहि बनाउँने योजना अनुरुप आजबाट प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भएको छ ।

समग्रमा बिगत ४७ वर्षदेखि नेपालमा शिक्षा, स्वास्थ्य र वातावरण एवं पर्यावरण संरक्षणमा विशेष योगदान पु-याउँदै आएको लायन्सले विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय हुदै संस्था आवद्ध क्लवहरुले अन्धोपन निवारण, स्वास्थ्य जनचेतना, आँखा अस्पताल एवं शिक्षण संस्थाहरुको विकास र बिस्तारमा उल्लेखनीय योगदान गर्दै आइरहेका र आफ्नो कार्यकालमा यसलाइ थप विस्तारित गर्ने आफ्नो कार्ययोजना रहेको बताउँनु भएको छ ।

त्यस्तै प्रशिक्षण कार्यक्रमा सहभागी प्रत्येक क्लवलाइ  प्रत्येक क्लवबाट ५ हजार व्यक्तिको  वल्डसुगर पक्षिण गर्न सकियोस भन्ने लक्ष्यले वल्डसुगर चेकअपका लागि १-१ वटा अत्याधुनिक मेसिन समेत वितरण गरिनुको अलावा विशेष सहयोग कार्यक्रम अन्र्तगत आर्थिक अवस्था कमजोर भएकी तामाकोशी गाउँपालिका वडा न. ६ रामेछाप बस्ने वर्ष २६की विमला रम्टेललाइ (मृगौला दुवै फेलभइ हाल उपचारमा रहेकी ) उपचार गराउँन करिव ४ लाख नगद सहयोग समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

Published on: Jul 21, 2018